२०८२ असार ९ गते | 23rd of June 2025

नेजस, लस एन्जलसको बनभोज कार्यक्रम जुलाई २० मा

खुल्लामन्च
 प्रकाशित: २०८२ जेठ २१ गते २१:०८

लस एन्जलस – नेजस, लस एन्जलस च्याप्टरले आगामी आईतवार आयोजना गर्न लागेको बनभोज कार्यक्रम बिशेष कारणले अर्को मितिलाई सारीएको जनाएको छ। केही प्राविधिक कारणले गर्दा जुन ८, २०२५ का लागि तय गरिएको बृहत् बनभोज कार्यक्रम अब सन् २०२५ जुलाई २० तारिख आईतबारका लागि सारीएको नेजस लस एन्जलस च्याप्टरका अध्यक्ष मदन पाठकले जनाएका छन ।

कार्यक्रमबारे सुचना !

आदरणीय समुदाय सदस्यहरू,
सादर नमस्कार।

बृहत् बनभोज कार्यक्रमको मिति परिवर्तन सम्बन्धी सूचना

नेपाली जनसम्पर्क समिति, लस एन्जलस च्याप्टरद्वारा आयोजना हुन लागेको बृहत् बनभोज कार्यक्रम केही प्राविधिक कारणले गर्दा पहिले तय गरिएको जुन ८, २०२५ (आईतबार) को सट्टा अब जुलाई २०, २०२५ (आईतबार) मा सारिएको जानकारी गराउँदैछौं।

कार्यक्रमको मिति परिवर्तनले तपाईंहरूलाई पर्न सक्ने असुविधाप्रति हामी क्षमायाचना गर्दछौं।हामी तपाईंहरूको निरन्तर सहयोग, समझदारी र सहभागिताको अपेक्षा गर्दछौं।

मदन पाठक
सभापति
नेजस, लस एन्जलस च्याप्टर

राजेश निरौला
संयोजक
बनभोज आयोजक समिति

नयाँं कार्यक्रम :

पिकनिक कार्यक्रम अब जुलाई २०, २०२५ (आईतबार) मा आयोजना गरिनेछ। समय बिहान ११:३० बजे देखि दिउँसो ४:०० बजे सम्म रहनेछ। कार्यक्रमको स्थल Artesia Park, 18750 Clarkdale Ave, Artesia, CA 90701 मा तय गरिएको छ। यो कार्यक्रम निःशुल्क प्रवेश (Free Entry) सहितको हुनेछ।

आयोजक संस्थाले “FOOD – FUN – GAME – PRIZE” को आकर्षक संयोजन सहित सम्पूर्ण नेपाली समुदायलाई सहभागी हुन निमन्त्रणा दिएको छ।

कार्यक्रमका संयोजक राजेश निरौला (फोन: 949-302-1557) र समितिका अध्यक्ष मदन पाठक (फोन: 562-375-2284) रहेका छन्। सम्पूर्ण नेपाली समुदायलाई यो रमाइलो पारिवारिक भेटघाट कार्यक्रममा उपस्थित भई साथ र समर्थन जनाउन हार्दिक अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *