लस एन्जलस – अमेरिकाको क्यालिफोर्नियामा सक्रिय सामाजिक संस्था America Nepal Society of California (ANSCA) ले नेपाली समुदायबीच आपसी सद्भाव, सहकार्य र सञ्जाल सुदृढ गर्ने उद्देश्यले आगामी जून १४, २०२५ (शनिबार) का दिन भव्य ग्रीष्मकालीन शिविर (Summer Camping) कार्यक्रमको आयोजना गर्न लागेको छ।
यो कार्यक्रम Los Alamos Campground, Pyramid Lake, Lebec, CA 93243 मा हुनेछ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो स्थान पारिवारिक भेटघाट, रमाइलो, सांगीतिक वातावरण र प्रकृतिसँगको एकता अनुभव गर्न उपयुक्त स्थल हो।
सहभागिता शुल्क र जानकारी :
शिविरमा भाग लिन इच्छुक व्यक्तिहरूले $30 प्रवेश शुल्क तिर्नुपर्नेछ भने १० वर्ष मुनिका बालबालिकालाई निःशुल्क प्रवेश गरिनेछ। सहभागीहरूले आफ्नो उपस्थिति [email protected] मा RSVP गर्नुपर्नेछ वा सोही इमेलमा Zelle मार्फत शुल्क पठाउन सकिने व्यवस्था गरिएको छ।
सम्पर्क व्यक्तिहरू:
कार्यक्रमबारे थप जानकारी वा समन्वयका लागि निम्न कार्यकारिणी सदस्यहरूसँग सम्पर्क गर्न सकिनेछ:
-
लक्ष्मण नेपाल: (818) 843-1918
-
मोहन शर्मा: (714) 423-2457
-
कर्ण चन्द: (626) 935-5659
-
शारदा श्रेष्ठ: (562) 376-0732
-
खेमराज ढकाल: (714) 443-9914
-
सगुन श्रेष्ठ: (818) 930-0018
-
समिरा सिग्देल: (323) 396-0642
कार्यक्रमको विशेषता :
शिविरमा सांगीतिक प्रस्तुति, डान्स फ्लोर, खेलकुद, ध्यान तथा आत्मिक सत्रहरू लगायत विभिन्न रमाइलो कार्यक्रमको आयोजना गरिने अपेक्षा गरिएको छ। DJ सगुन द्वारा संगीत प्रस्तुति हुने जानकारी दिइएको छ।
यस प्रकारको शिविर कार्यक्रमले अमेरिकामा रहेका नेपालीहरूबीच आपसी समझदारी, पारिवारिक भावना र नेपाली संस्कृतिको जगेर्नामा टेवा पुग्ने विश्वास लिइएको छ।
नेपाली समुदायबीचको आपसी सम्बन्ध सुदृढ गर्दै, नयाँ पुस्तालाई पनि नेपाली मौलिकता र सामुदायिक एकता प्रति प्रेरित गराउने दृष्टिकोणले यो कार्यक्रम अत्यन्त महत्त्वपूर्ण छ। America Nepal Society of California को यो पहल नेपाली समुदायको एकताको प्रतीक बन्ने विश्वास गरिएको छ।