२०८२ असार ९ गते | 23rd of June 2025

‘ऐश्वर्य विज्ञान’ जीवन रुपान्तरणको अभियान – अब तपाईंको पालो !

खुल्लामन्च
 प्रकाशित: २०८२ जेठ २४ गते २२:१८

लस एन्जलस ‘

“मैले दर्ता गरिसकेको छु, के तपाईंले गर्नुभयो?”

नर्वाक, क्यालिफोर्निया – जुन २४ देखि ३०, २०२५
जीवनलाई नेतृत्व, ध्यान, योग र सफलता संग बाँध्दै आत्म–रुपान्तरणको यात्रामा अग्रसर गराउने ऐश्वर्य विज्ञान कार्यक्रम आउँदो जुन २४ देखि ३० तारिखसम्म अमेरिकाको क्यालिफोर्नियास्थित भक्त कल्चर सेन्टर, नर्वाक मा आयोजना हुने भएको छ।

श्री पशुपतिनाथ फाउण्डेशन USAजीवन विज्ञान USA को संयुक्त आयोजनामा हुन लागेको यस विशेष ७-दिने कार्यक्रममा दैनिक साँझ ७:३० बजेदेखि ५:०० बजे सम्म गहन ध्यान, साधना, आत्म–अवलोकन, नेतृत्व सीप, प्रेरणात्मक सत्र तथा सकारात्मक ऊर्जा विकासमा आधारित अभ्यासहरू समावेश गरिने आयोजकले जनाएका छन्।

कार्यक्रममा सहभागी भएर आफ्नो मानसिक, शारीरिक र आत्मिक उन्नतिको दिशामा एक सार्थक पाइला चाल्न सकिन्छ। यही सन्देशसहित आयोजकहरू अहिले व्यापक दर्ता अभियानमा जुटेका छन्।

“मैले दर्ता गरिसकेको छु, के तपाईंले गर्नुभयो?” — यही अपिल बोकेर विभिन्न सामाजिक सञ्जाल र प्रचार सामग्रीमार्फत सहभागीता अभिवृद्धि गर्न प्रयास भइरहेको छ।

दर्ताका लागि QR कोड स्क्यान गर्न सकिने सुविधा पनि उपलब्ध छ, साथै फोन नम्बर 626-476-1017 मार्फत जानकारी लिन सकिनेछ।

📍 स्थान:
Bhakta Cultural Center,
12311 Firestone Blvd,
Norwalk, CA 90650

यो कार्यक्रम आत्म–सुधार र जीवन रूपान्तरण चाहने सबैका लागि एक अद्वितीय अवसर हो। प्रेरणादायी व्यक्तित्वहरूका सत्र, संवाद र सामूहिक साधनाबाट जीवनमा नयां दिशा पाउन सकिने पूर्ण सम्भावना बोकेको यस कार्यक्रममा सहभागिताका लागि ‘दर्ता गर्न ऐश्वेर्य विज्ञान सधाना, लस एन्जलस आयोजक समितिका सह-संयोजक सिद्धार्थ सिलवालले अनुरोध गरेका छन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *