२०८२ असार ३० गते | 14th of July 2025

आफु विरुद्ध किर्ते ,जालसाझीपूर्ण पीडितहरू तयार गर्ने पार्टी कार्यालय वनाईयो

खुल्लामन्च
 प्रकाशित: २०८२ जेठ ३१ गते १५:३७

काठमाडाैं – गृहमन्त्री रमेश लेखकले आफूविरुद्ध पार्टी कार्यालयहरूमा नक्कली पीडितहरूलाई बोलाएर विभिन्न ठाउँमा जाहेरी दर्ता गर्ने प्रयास भएको जिकिर गरेका छन् । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अवरोधका बीच संसद्‍मा सम्बोधन गरेका गृहमन्त्री लेखकले भने, ‘मलाई थाहा छ, केही पार्टीका कार्यालयहरुमा नक्कली, तथाकथित पीडितहरुलाई बोलाएर पार्टी कार्यालयमा जाहेरीहरु लेखेर मेरा विरुद्धमा विभिन्न ठाउँमा दर्ता गर्ने प्रयत्न भइराखेका छन् ।’

गृहमन्त्री लेखकले त्यो कुन पार्टी कार्यालयमा लेखिएको भन्ने विषयमा आफूलाई जानकारी भइसकेको भन्दै उनले नक्कली पीडित खडा गर्ने मानिस पत्ता लगाएर कारबाही गरिने समेत बताए । ‘त्यस्ता कीर्ते, जालसाझी काम गरेर राजनीतिक अभिष्ट पूरा गर्ने काममा नलाग्न म साथीहरूलाई आग्रह गर्न चाहन्छु’, उनले अगाडि भने, ‘यस्ता अपमानजनक कार्यहरू, यस्ता कीर्ते जालसाझ गरेर तथाकथित नक्कली पीडित खडा गर्ने मानिसहरुको पत्ता लगाएर कारबाही गरिनेछ ।’ उनले रास्वपालाई संकेत गर्दै थपे, ‘तपाईंका पार्टी कार्यालय कीर्ते, जालसाझीपूर्ण पीडितहरू तयार गर्ने पार्टी कार्यालय बन्दैछन् ।’ उनले भिजिट भिसा प्रकरणमा आफूविरुद्ध कुनै प्रमाण नभएको भन्दै जाहेरी वा उजुरी नै नभएको अवस्थामा राजीनामा माग गर्नु अनुचित भएको बताए । उनले आफूविरुद्ध राजनीतिक प्रतिशोध साँध्न खोजिएको समेत जिकिर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *