२०८२ असार ३० गते | 14th of July 2025

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्र धरौटीमा रिहा

खुल्लामन्च
 प्रकाशित: २०८२ असार ३ गते १३:१४

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्र धरौटी बुझाएर छुटेका छन् ।  मिश्रकी श्रीमती सारिका कार्कीले धरौटीबापतको तीन लाख रुपैयाँ जम्मा गरेकी हुन् ।तीनकुने घटनामा प्रतिवादी बनाइएका उनी मङ्गलबार बिहान आफैँ अदालतमा उपस्थित भएका थिए । मिश्र उपस्थित भएपछि आजै उनको बयान र थुनछेक बहस गरिएको हो ।  न्यायाधीश तारादेवी महर्जनको इजलासमा वरिष्ठ अधिवक्ताहरु गोविन्द बन्दी, भिमार्जुन आचार्य, राजु बस्नेत र सतिशकृष्ण खरेलले मिश्रको तर्फबाट बहस गरेका हुन् । सरकारी वकिलका तर्फबाट ८ जनाले बहस गरेका थिए ।

बहसपछि अदालतबाट तीन लाख धरौटीमा छाड्न आदेश भएको हो ।मिश्रविरुद्ध गत चैत १५ गते घटेको तीनकुने घटनाको प्रतिवादीका रुपमा राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदावी लिइएको थियो ।सोही मुद्दामा सोमबार राप्रपाका महामन्त्री धवलशमशेर राणालाई पनि अदालतले ३ लाख धरौटीमा रिहा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *