२०८२ असार ३० गते | 14th of July 2025

विदेशको नागरिकता लिइसकेकालाई नेपाली नागरिकता दिन सकिदैन : कांग्रेस सभापति देउवा

खुल्लामन्च
 प्रकाशित: २०८२ असार ७ गते १३:२२

काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशको लिइसकेकालाई नेपाली नागरिकता दिन नसकिने बताएका छन् । शनिबार  ललितपुरमा आयोजित ‘सुगौली सन्धि र नेपालमा नागरिकता’ पुस्तक विमोचन कार्यक्रममा सभापति  देउवाले ब्रिटिस गोर्खा सैनिकले नेपालको नागरिकता निरन्तरताको माग उठाउनु स्वाभाविक भएको उनले उल्लेख गरे । तर, अर्को देशको नागरिकता लिइसकेपछि नेपालको दिन नसकिने उनले स्पष्ट पारे ।

उनले अरू कामका निम्ति एनआरएनएलाई दिएसरहको नागरिकता दिन सकिने बताए । नेपालजस्तो देशमा त्यसरी नागरिकता दिँदा कठिनाइ आइपर्ने उनको भनाइ थियो । ब्रिटिस गोर्खा सैनिकबारे संसदीय समितिमा छलफल जारी रहेकाले संसद्बाट निष्कर्ष निस्कने उनले सुनाए । “जहाँसम्म गोर्खा ब्रिटिस सैनिकलाई बेलायती सैनिकसरह नै सेवा सुविधा दिनुपर्छ भन्ने नेपालको माग छ, त्यसमा म स्पष्ट छु,” उनले भने, “ब्रिटिस गोर्खा सैनिकहरूले नेपालको नागरिकताको निरन्तरता पाउनुपर्ने माग राख्नुभएको छ, यस विषयमा राजनीतिक दलहरूले छलफल गरिरहेका छन् । छिटै निष्कर्ष निस्किनेछ ।” सभापति देउवाले गोर्खा सैनिकको इतिहास गर्बिलो रहेको बताए । ब्रिटिस गोरखा सैनिक नेपाललाई विश्वमा चिनाउने महत्त्वपूर्ण माध्यम भएको उनले उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *