२०८२ असार ३० गते | 14th of July 2025

भोलीदेखी लस एन्जलसमा ‘ऐश्वर्य विज्ञान – साधाना’ : १५० भन्दा बढीले गरे दर्ता

खुल्लामन्च
 प्रकाशित: २०८२ असार ९ गते २३:४३

लस एन्जलस – अमेरिकामा पहिलोचोटी नेपालीहरुद्दारा आयोजित ऐश्वर्य विज्ञान साधाना कार्यक्रम भोली जुन २४ तारिखदेखी ३० तारिख सम्मका लागि शुरु हुंदैछ । आध्यात्मिक रूपान्तरण र जीवनको गहिरो विकासका लागि विशेष अवसर हो । नर्वाक, क्यालिफोर्नियाको Bhakta Cultural Center मा हुने यो ७ दिने यात्रामा ध्यान, योग, आत्मबोध, र जीवन विज्ञानको गहिरो अभ्यास गराइनेछ। जीवनमा साँचो ऐश्वर्य प्राप्ति र आन्तरिक रूपान्तरणको लागि इच्छुक १५० भन्दा बढीले सहभागिताका लागि नाम दर्ता गराएका यस् कार्यक्रमका सह-संयोजक सिद्दार्थ सिलवालले जनाएका छन ।May be an image of 3 people

🔹 शक्तिशाली ध्यान अभ्यास (Powerful Meditations) — जसले तपाईंको मन, शरीर र आत्मालाई सन्तुलित पार्छ।
🔹 आर्थिक कर्मको अवरोध हटाउने (Unlock your Money Karma) — धन र समृद्धिसँग सम्बन्धित नकारात्मक बाधाहरू हटाउने।
🔹 अवचेतन विश्वासहरूको पुनः संरचना (Re-wiring Subconscious Beliefs) — तपाईंको सोच र व्यवहार परिवर्तन गर्ने गहिरो अभ्यास।
🔹 ब्रह्माण्डीय समृद्धिसँग सामञ्जस्य (Aligning with Universal Abundance) — जीवनमा प्राकृतिक रूपमा समृद्धि, अवसर र सन्तुलन ल्याउने।

ब्यस्त परदेशी  जीवनलाई आन्तरिक रूपमा परिवर्तन गर्न चाहने सबैका लागि महत्वपूर्ण अवसरको रुपमा लिईएको साधाना कार्यक्रममा ऐतिहासिक सहभागीता रहेको सिलवालले जनाएका छन । May be an image of 13 people

✔ उद्यमी तथा सिर्जनशील व्यक्ति (Entrepreneurs & Creatives)
✔ सफलता प्राप्तिको आध्यात्मिक रहस्य जान्न चाहने जो-कोही
✔ नेतृत्व क्षमतामा विस्तार गर्न चाहने व्यक्तिहरू
✔ धनसँगको सम्बन्ध सुधार गर्न र आफ्नो वास्तविक मूल्यसँग मिल्न चाहनेहरू
✔ आफ्नो जीवनको साँचो मार्ग खोजिरहेका व्यक्तिहरू
✔ ‘अब के गर्ने?’ भन्ने द्विविधामा रहेका विद्यार्थीहरू

संक्षेपमा, जुनसुकै व्यक्तिले आन्तरिक रूपान्तरण, आत्मविश्वास र जीवनको स्पष्ट मार्ग चाहन्छन् भने यो कार्यक्रम उनीहरूका लागि उपयुक्त हुनेछ, मानव जीवनमा ऐश्वर्य विज्ञान ।

कार्यक्रमका प्रमुख आकर्षक योग विज्ञानमा नेपाल तथा प्रवासी नेपाली समाजमा गहिरो योगदान प्रदान गराउनुभएका भानु गुरुदेव र रमेश गुरुदेव केही दिनदेखी नै लस एन्जलसमा अवतरित हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *