२०८२ असार ३० गते | 14th of July 2025

“अब सुन्छ अमेरिका” — भावना र शब्दका जादुगर साईग्रस लस एन्जलसमा

खुल्लामन्च
 प्रकाशित: २०८२ असार १३ गते २२:५४

लस एन्जलस – शब्दका जादुगर, नेपाली जन–मनका अभिव्यक्तिलाई सजीव बनाउने व्यक्तित्व अब अमेरिका आउँदैछन्। “अब सुनिन्छ अमेरिका” शीर्षकको साहित्यिक साँझ, आगामी जुन २९ तारिख, आइतवारका दिन, हन्टिङटन बिचस्थित हिमालयन ग्रिलमा आयोजना हुन गइरहेको छ।

नेपाली मन, माटो र मुलुक सम्झाउने साहित्यिक प्रसंगका माध्यमबाट अमेरिकामा बस्ने नेपाली समुदायलाई उर्जा दिने उद्देश्यले आयोजना गरिँदै गरिएको यस कार्यक्रममा चर्चित साईग्रस पोखरेलले आफ्न जादुमाया शब्द मार्फत आफ्ना भावना पोख्नेछन्।कार्यक्रम साँझ ८:३० बजे सुरु भई मध्यरातसम्म सञ्चालन हुनेछ। उक्त कार्यक्रमको प्रवेश शुल्क २५ अमेरिकी डलर निर्धारण गरिएको छ।

विश्वभर छरिएर रहेका नेपालीहरूका लागि देशको सम्झना, संस्कृतिको जगेर्ना र आफ्ना प्रतिभासँग प्रत्यक्ष भेटघाटको अवसर दिने यो साँझमा सिर्जना, कविता र नेपाली माटोको सुगन्ध मिसिएको मनोरञ्जनको स्वाद पाइनेछ।

कार्यक्रमको संयोजन फ्लाई नेपा (FLYNEPA) ले गरेको हो भने हिमालयन ग्रिल, इंडिया किचन, काठमाडौँ प्यालेस, र एभरेष्ट फूड स्टोर लगायतका प्रतिष्ठित संस्थाहरूले यसलाई समर्थन गरेका छन्।

“अब सुनिन्छ अमेरिका” भन्ने वाक्यांश आफैँमा एउटा प्रतीक हो — जहाँ विदेशको भूमिमा पनि नेपाली आवाज, हास्य–व्यङ्ग्य र सांस्कृतिक चेतना गुञ्जन्छ। हन्टिङटन बिचको सुरम्य वातावरणमा नेपाली कला र शब्दको सुगन्ध फैलाउन चाहने जो–कोहीका लागि यो कार्यक्रम अविस्मरणीय बन्नेछ।

स्थान: Himalayan Grill, Huntington Beach
16400 Pacific Coast Hwy #120, Huntington Beach, CA 92649
मिति र समय: जुन २९, आइतवार, साँझ ८:३० बजे देखि मध्यरातसम्म

सांस्कृतिक जगेर्ना र प्रवासी नेपालीहरूलाई एक ठाउँमा ल्याउने यस कार्यक्रममा सहभागिता जनाउन आयोजकहरूले सबैलाई हार्दिक निमन्त्रणा गरेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *