२०८३ असार ७ गते | 21st of June 2026

गाजामा अमेरिकी तथा इजरेली समर्थन प्राप्त खाद्य वितरण प्रणाली तत्काल बन्द गर्न सहयोग निकायहरूकाे संयुक्त आह्वान

खुल्लामन्च
 प्रकाशित: २०८२ असार १७ गते १६:१५

  काठमाडाै –   विश्वका केही सबभन्दा ठूला परोपकार तथा सहयोग निकायहरूले गाजामा अमेरिकी तथा इजरेली समर्थन प्राप्त खाद्य वितरण प्रणाली तत्काल बन्द गर्न संयुक्त आह्वान गरेका छन्।अक्सफाम, सेभ द चिल्ड्रेन र एमनेस्टी इन्टर्न्याशनलसहित १३० संस्थाहरूले गाजा ह्युमेनिटेरिअन फाउन्डेशन (जीएचएफ)ले सबै अन्तर्राष्ट्रिय मान्यताहरू उल्लङ्घन गरेको आरोप लगाएका छन्।

संयुक्त राष्ट्रसङ्घको निकायलाई विस्थापित गरेर एक महिना अघिदेखि उक्त जीएचएफले जिम्मा लिएयता सहयोग लिने क्रममा सयौँ प्यालेस्टीनीहरू गोली हानेर मारिएका छन्।अन्तर्राष्ट्रिय परोपकारी संस्थाहरूले मानिसहरूलाई धेरै भिडभाडयुक्त, सैन्यकृत इलाकामा जान बाध्य पारिएको र त्यहाँ दिनहुँ गोली हानाहानको सामना तिनले गर्नु परिरहेको बताएका छन्।

विविसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *