२०८२ असार ३० गते | 14th of July 2025

अमेरिकी स्वतन्त्रता दिवस : लोकतन्त्र, स्वतन्त्रता र सहिष्णुताको गौरवपूर्ण अवसर

खुल्लामन्च
 प्रकाशित: २०८२ असार २१ गते ३:५२

अमेरिका – अमेरिकाभर आज २४९ औं स्वतन्त्रता दिवस भव्य रूपमा मनाइँदैछ। सन् १७७६ जुलाई ४ का दिन अमेरिकाले ब्रिटेनबाट औपचारिक रूपमा स्वतन्त्रता घोषणा गरेको ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष यो दिवस राष्ट्रिय उत्सवका रूपमा मनाइन्छ।

यस अवसरमा अमेरिकाभर विविध कार्यक्रम, सांगीतिक प्रस्तुति, झाँकी, आतिशबाजी तथा सामुदायिक जमघट आयोजना भइरहेका छन्। स्वतन्त्रता दिवस अमेरिकी नागरिकहरूको राष्ट्रिय एकता, लोकतन्त्रप्रति समर्पण र स्वतन्त्रताप्रतिको सम्मानको प्रतीक मानिन्छ।

अमेरिकाका मुख्य शहरहरू न्यूयोर्क, वासिङ्टन डीसी, लस एन्जलस, शिकागो, ह्युस्टन लगायतका स्थानहरूमा विशेष आतिशबाजी कार्यक्रम, परेड तथा सांस्कृतिक उत्सव आयोजना गरिएको छ। साथै, विभिन्न समुदायहरूबाट पनि छुट्टाछुट्टै कार्यक्रमहरू आयोजना भईरहेका छन्।

प्रवासमा रहेका नेपाली, दक्षिण एशियाली तथा अन्य आप्रवासी समुदायहरूले समेत अमेरिकाको स्वतन्त्रता दिवसलाई उत्साहपूर्वक स्वागत गरेका छन्। विभिन्न नेपाली संघसंस्थाले पनि परस्पर सद्भाव, सहकार्य र अन्तरसंस्कृतिक साझा पहिचानको सन्देश दिने उद्देश्यले कार्यक्रम आयोजना गरेका छन्।

यस दिवसले लोकतन्त्र, स्वतन्त्रता, मानवअधिकार र समानताको मूल्यलाई अझ मजबुत बनाउने प्रेरणा दिन्छ। विश्वभर लोकतन्त्र र स्वतन्त्रताको सपना देखिरहेका मानिसहरूका लागि अमेरिकाको स्वतन्त्रता दिवस एउटा ऐतिहासिक प्रेरणाको स्रोत पनि हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *