२०८२ असार ३० गते | 14th of July 2025

कुलिङ पिरियडबारे त्रुटि भएको विषयमा छानबिन गर्न संसदीय विशेष समिति गठन गर्ने निर्णय

खुल्लामन्च
 प्रकाशित: २०८२ असार २१ गते १४:२८

काठमाडौं– निजामती सेवा विधेयकको कुलिङ पिरियडबारे त्रुटि भएको विषयमा छानबिन गर्नका लागि संसदीय विशेष समिति गठन गर्ने निर्णय भएको छ। शनिबार सिंहदरबारमा सभामखु देवराज घिमिरे र विभिन्न दलका नेताहरुको बैठकले विशेष संसदीय समिति गठन गर्ने निर्णय गरेको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए। उनका अनुसार समिति सात सदस्यीय हुनेछ। जसमा कांग्रेस र एमालेबाट २/२ जना सदस्य रहनेछन्। बाँकी अरू दलबाट राखिनेछ। छानबिन समितिमा राज्य व्यवस्था तथा सुशासन समितिकै सदस्यहरूलाई भने नराख्ने सहमति भएको छ। दलहरूले नाम दिएपछि समिति गठन हुनेछ। समितिलाई छानबिन गरी प्रतिबेदन बुझाउन २१ दिनको समय दिने निर्णय भएको पनि सभामुख घिमिरेका प्रेस सल्लाहकार अधिकारीले जानकारी दिए।

समितिले लामो समय छलफल गरेर निजामती सेवाबाट अवकाशप्राप्त कर्मचारीलाई दुई वर्षसम्म कुनै पनि संवैधानिक वा सरकारी नियुक्तिमा जान नपाउने गरी ‘कुलिङ पिरियड’ को व्यवस्था उक्त विधेयकमा गरेको थियो। तर प्रतिनिधिसभाबाट पारित हुँदा कुलिङ पिरियडको व्यवस्था निस्क्रिय हुने अर्को प्रावधान रहेको फेला परेको थियो।यसबारे समितिमा हंगामा मच्चिएपछि समिति सभापतिले नै सभामुख घिमिरेलाई छानबिनका लागि आग्रह गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *