लस एन्जलस – नेपाली समुदायलाई एकताको सूत्रमा बाँध्ने उद्देश्यले नेपाली जनसम्पर्क समिति, अमेरिका (NPRCA) साउदर्न क्यालिफोर्निया च्याप्टर “ग्राण्ड पिकनिक २०२५” को आयोजना को तयारी तिव्र रुपमा अघि बढेको छ ।
यो भव्य पिकनिक कार्यक्रम आगामी जुलाई २०, २०२५, आइतबारका दिन आर्टेसिया पार्क (18750 Clarkdale Ave, Artesia, CA 90701) मा हुने छ। कार्यक्रममा बिहान ११:३० बजेबाट दिउँसो ४:०० बजेसम्म विविध मनोरञ्जनात्मक कार्यक्रमहरू संचालन गरिनेछ।
निःशुल्क प्रवेश (Free Entry) सहितको यस पिकनिकमा सहभागीहरूका लागि स्वादिलो खाना, रमाइला खेलकुद प्रतियोगिता, उपहार वितरण तथा पारिवारिक रमाइलोका अवसरहरू समेटिने आयोजकले जानकारी दिएका छन्।
कार्यक्रमका समन्वयक राजेश निरौला (फोन: 949-302-1557) र NPRCA साउदर्न क्यालिफोर्निया च्याप्टरका अध्यक्ष मदन पाठक (फोन: 562-375-2284) का अनुसार साउदर्न क्यालिफोर्नियामा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई यो कार्यक्रममा सहभागी भई आपसी मित्रता, सद्भाव र सहकार्यलाई अझ सुदृढ बनाउन हार्दिक निमन्त्रणा गरिएको छ।
नेपाली समुदायबीच आपसी चिनजान, संस्कृति आदानप्रदान र भावनात्मक एकता विस्तार गर्न यस्ता कार्यक्रमहरू प्रेरणादायी हुने विश्वास लिइएको छ ।