२०८२ असोज २३ गते | 9th of October 2025

बिकासको गतिमा अघि बढ्दैछ नेपाल, तर हो हामी सुध्रनु छ – पुर्व उपप्रधानमन्त्री श्रेष्ठ

खुल्लामन्च
 प्रकाशित: २०८२ असार २४ गते ४:०१

लस एन्जलस – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले हालको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानलाई नयाँ ऊर्जा र विश्वासका साथ अगाडि बढाएको बताएका छन् । महावाणिज्यदुत ॠषी ढकाल तथा परिवारद्दारा आयोजित भेटघाट तथा अन्तर्कृया कार्यक्रममा सहभागी हुन पुर्व उपप्रधानमन्त्री श्रेष्ठ प्रमुख अतिथीको रुपमा उपस्थित थिए ।May be an image of 4 people, dais and the Oval Office

महावाणिज्यदुतावासद्दारा आयोजित भेटघाट कार्यक्रममा नेपाली समुदायसँग संवाद गर्दै श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा रहेको सरकारप्रति जनतामा बढ्दो विश्वास उल्लेख गरे। उनले सुशासनको क्षेत्रमा देखिएको प्रगति र सुधारले नागरिकस्तरमा सकारात्मक प्रभाव परेको बताए।May be an image of 4 people

महावाणिज्यदुत ॠषी ढकालद्दारा प्रमुख अतिथी तथा पुर्व परराष्ट्र मन्त्री श्रेष्ठ एवम सहभागीहरुलाई स्वागत गरिएको कार्यक्रममा श्रेष्ठले पार्टी सुदृढीकरणको क्रममा ‘हुलाकी मार्ग’ र ‘मध्यपहाडी लोकमार्ग’ जस्ता राष्ट्रिय परियोजनाहरूलाई प्राथमिकतामा राखेर सञ्चालन गरिएको अभियानलाई जनउत्तरदायी प्रयासको रूपमा चित्रण गरे। माओवादी आन्दोलनलाई जनताको सेवामा समर्पित भएको स्मरण गराउँदै उनले पार्टी र सरकार दुवै जनचाहनाको प्रतिनिधि हुनुपर्ने बताए।May be an image of 2 people and crowd

आर्टेसिया नगरका मेयर अली ताज तथा लस एन्जलसमा सकृय नेपाली सामुदायिक संस्थाका प्रमुखहरु उपस्थित कार्यक्रममा उपाध्यक्ष श्रेष्ठले नेपालको राजनीतिक अवस्था, आर्थिक समृद्धिको दिशा, त्यसमा रहेका चुनौती र अवसरहरूमाथि विस्तृत धारणा राखे। साथै, गैरआवासीय नेपाली नागरिकताको व्यवस्था, प्रवासी नेपालीको योगदान र उनीहरूको भूमिकाको विषयमा पनि गहन चर्चा गरे।May be an image of 4 people

अर्टेसिया सिटी कमिसनर तथा श्रीपशुपतिनाथ बुद्ध मन्दिरका पुर्व अध्यक्ष रामेश्वर भन्डारीद्दारा उद्घोषित कार्यक्रममा  श्रीपशुपतिनाथ फाउन्डेसनका अध्यक्ष बिमल श्रेष्ठ,  नेपाल अमेरिका एकता समाजका अध्यक्ष अर्जुन पौडेल, अमेरिका नेपाल सोसाइटी अफ क्यालिफोर्नियाका अध्यक्ष लक्ष्मण नेपाल, नेपाली जनसम्पर्क समिती, लस एन्जलस च्याप्टरका अध्यक्ष मदन पाठक, ओभरसिज नेपाली फोरम क्यालिफोर्नियाका अध्यक्ष चिरञ्जीवी गौतम, लस एन्जलस गुरुङ्ग समाजका अध्यक्ष जोसेफ घले, नेवा: अर्गनाइजेसन अफ अमेरिका साउदर्न क्यालिफोर्नियाका अध्यक्ष कन्हैया श्रेष्ठ, मधेसी संघ नेपाल दक्षिणी क्यालिफोर्निया च्याप्टरका अध्यक्ष दिनेश शाह, ग्लोबल नेपाली प्रोफेशनल नेटवर्कका जोआन पाण्डे, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष मोहन निउरे, माउंट ८८४८ का अध्यक्ष अमृत महतो, अंतर्राष्ट्रीय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगाना लगायतका व्यक्ति एवं संघसंस्थाहरूको सहभागिता रहेको थियो । May be an image of 3 people

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *