काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगतनिरीक्षण गरेका छन् ।

सोमबार राति आएको बाढीको मंगलबार प्रधानमन्त्री ओली सहितको सरकारी टोलीले स्थलगत निरीक्षण गरेको हो । बाढीबाट भएको क्षति, उद्धार र राहतबारे प्रधानमन्त्री ओलीले स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयबासीसँग छलफल पनि गरेका थिए । प्रधानमन्त्री ओलीले क्षतिग्रस्त क्षेत्रबाट बेपत्ता भएकाहरूको स्थिति, नेपाल–चीन सीमानाको रसुवागढी भन्सारको क्षतिग्रस्त सुक्खा बन्दरगाह, बगाइएका मालबाहक कन्टेनर बगाउँदा भएको क्षतिको विवरणबारे चिन्ता र चासो व्यक्त गरेका थिए । जिल्ला प्रशासन कार्यालय रसुवाले चीनको तिब्बतबाट रसुवागढी नाकामार्फत नेपाल प्रवेश गरेका ५५ जना यात्रुलाई सफलतापूर्वक उद्धार गरिएको जनाएको छ। यद्यपि २० जना अझै हराइरहेका जनाइएको छ । मंगलबार बिहान ३ बजेदेखि सुरु भएको उद्धार ६ बजेभित्र सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । जसमा ५० जना नेपाली नागरिक रहेका अहिले साँझ एक सूचना जारी गर्दै प्रशासनले जानकारी गराएको हो ।

त्यस्तै नेपाल चीन जोड्ने मितेरी पुल पूर्ण रूपमा बाढीले बगाएको, सामानसहित २३ वटा कन्टेनर बगाएको छ । त्यस्तै ३५ वटा ईभी गाडी र ६ वटा सिनो ट्रक बगाएको सूचनामार्फत जनाइएको हो ।