२०८२ असोज ३ गते | 19th of September 2025

रेकर्ड तोड्दै “कोशेढुंगा”: ४५ भन्दा बढी देशमा एकै साथ प्रदर्शन हुने नेपाली चलचित्र !

खुल्लामन्च
 प्रकाशित: २०८२ असार २४ गते १६:३२

नेपाली सिनेमा उद्योगमा एक नयाँ किर्तिमान कायम गर्ने तयारीमा रहेको बहुप्रतीक्षित चलचित्र “कोशेढुंगा” आउँदो भदौ १२ गते (अगस्ट २८) मा संसारभरका ४५ भन्दा बढी देशहरूमा एकै साथ प्रदर्शन हुने भएको छ। हालै सेभेन सिज इन्टरनेशनल ले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन तालिका सार्वजनिक गर्दै यो कुराको पुष्टि गरेको हो।

सारंगीबाट चर्चामा आएका निर्देशक सरोज पौडेल को निर्देशनमा बनेको कोशेढुंगा हालको समयको एक अत्यन्तै महत्वकांक्षी नेपाली चलचित्र मानिएको छ। निर्माण पक्षका अनुसार चलचित्रको छायांकन भर्खरै मात्र सम्पन्न भएको हो। कथावस्तु बलियो र जीवन्त भएकै कारण चर्चित रंगकर्मी तथा बहुप्रतिभाशाली कलाकार किशोर अनुराग ले यस चलचित्रमा लगानी गरेका हुन्। रंगमञ्चमा अभिनयदेखि निर्देशनसम्मको यात्रामा थुप्रै पटक पुरस्कार प्राप्त गरेका अनुरागको चलचित्र क्षेत्रमा प्रवेशलाई दर्शकले विशेष चासोका साथ हेरेका छन्।

चलचित्रको सङ्गीत पक्ष पनि उत्तिकै आकर्षक छ। खेम सेन्चुरी, आशिष अबिरलअस्मिता अधिकारी जस्ता चर्चित गायक-गायिकाहरूको स्वरमा सजिएको कोशेढुंगाको गीत-संगीतले नेपाली दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।

कलाकार समुह पनि अत्यन्त सशक्त रहेको छ। चलचित्रमा आर्यन सिग्देल, सुरक्षा पन्त, निति शाह, रिचा शर्मा, सरोज खनाल, मन्जिल कुमार, प्रबिण खतिवडा, कृष्ण काफ्ले, बिशाल पहारी, शेखर चापागाईं, सिरु बिष्ट, लोकमणि सापकोटासफल पौडेल लगायतको दमदार अभिनय रहेको छ।

प्रोडक्सन टिमको चर्चा गर्दा, चलचित्रका निर्माता किशोर अनुरागप्रेविल कडेल रहेका छन्। कार्यकारी निर्माता दिनेश खडका हुन् भने चलचित्रका मुख्य सल्लाहकारको रुपमा निदेश अधिकारी रहेका छन्। चलचित्र नरदेवी फिल्म्सको ब्यानर अन्तर्गत तयार भएको हो।

विश्वव्यापी वितरण, चर्चित कलाकारहरूको अभिनय, सशक्त निर्देशन र भावनात्मक कथा बोकेको कोशेढुंगा नेपाली चलचित्र उद्योगमा नयाँ उचाइ चुम्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *