२०८१ साउन १२ गते | 27th of July 2024

डा. केसीको समर्थन गर्दै भरतपुरमा प्रदर्शन, शुक्रबारको वार्ता उपलब्धि विहिन

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन १३ गते १४:५२

 

काठमाडौ १३ साउन । चिकित्सा क्षेत्रमा सुधारको माग राखेर ११ औँ पटक अनशन बसेका डा गोविन्द केसीको स्वास्थ्य नाजुक बन्दै गएको छ । केसीको स्वास्थ्य नाजुक बन्दै गएपछि सरकारले केसीसंग वार्ता गर्नका लागि वार्ता टोली गठन समेत गरेको छ । वार्ता टोलीले शुक्रबारबाटै वार्ता सुरु गरेपनि शुक्रबाराको वार्ता कुनै निष्कर्षमा पुग्न सकेन ।

यता केसीको जीवन रक्षाका लागि माग सम्बोधन गरेर उनको जीवन रक्षा गर्न सरकारसँग माग गर्दै शुक्रबार साँझ भरतपुरको चौबिसकोठीमा प्रदर्शन भएको छ । डा. केसीले उठाएको माग आम सर्वसधारणको सरोकारको विषय भएका कारण त्यसलाई सरकारले बेलैमा पूरा गर्नु पर्ने प्रदर्शनमा उत्रेका युवाहरुले बताएका छन । यस पटक केसीले सरकार समक्ष सात बुँदे माग राखेका छन् ।

डाक्टर केसीको आन्दोलनमा समर्थन गर्न उनै घिमिरेको संयोजकत्वमा अहिले चितवनमा सोलिडारिटी फर गोविन्द केसी एलायन्स चितवन नामक संस्था गठन भएको छ ।

सोही संस्थाको आह्वानमा शुक्रबार चौविस कोठीमा प्रदर्शन भएको हो । साँझ पाँच बजे सुरु भएको प्रशर्दन आधा घण्टापछि समापन भएको थियो । सहभागीहरू गोविन्द केसीको माग तत्काल पुरा होस भन्ने नारा लेखिएको प्लेकार्ड हातमा लिएर उभिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *