२०८२ पुष २७ गते | 11th of January 2026

भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त

खुल्लामन्च
 प्रकाशित: २०८२ असार ३१ गते १६:४९

काठमाडौ – राष्ट्रियसभाकी सांसद भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार न्यौपानेलाई मन्त्री नियुक्त गरेका हुन्। न्यौपाने एमालेकी सांसद हुन्। यसअघि एमालेबाट राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री थिए। ७८ लाख रुपैयाँ घुस डिल गरेको अडियो सार्वजनिक भएपछि मन्त्री गुप्ताले मंगलबार राजीनामा दिएका थिए।

‘नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीज्यूको सिफारिसमा भगवती न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यभार सम्हाल्ने गरी राष्ट्रपतिज्यूले तोक्नुभएको छ,’ राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *