२०८२ माघ ५ गते | 18th of January 2026

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको व्यक्तिगत वेब साइट सार्वजनिक

खुल्लामन्च
 प्रकाशित: २०८२ असार ३१ गते १७:००

काठमाडौँ –  एमाले नेतृ एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको व्यक्तिगत वेब साइट मंगलबार औपचारिक रूपमा सार्वजनिक गरिएको छ ।

यो वेबसाइट पूर्वराष्ट्रपति भण्डारीको सार्वजनिक जीवन, राजनीतिक योगदान, राष्ट्रपतिको रूपमा निर्वाह गरेका भूमिका, अन्तर्राष्ट्रिय मञ्चहरूमा सहभागिता, विचार तथा अभिव्यक्तिहरू, तस्बिरसहितका स्मृतिहरू, प्रमुख सम्बोधनहरू, प्रकाशित सामग्रीहरू, र सम्बन्धित अभिलेख एवं दस्ताबेजहरूलाई एकै स्थानमा सङ्गृहीत गर्दै सर्वसाधारणका लागि सहज पहुँचयोग्य बनाउने उद्देश्यले तयार पारिएको हो ।वेबसाइटले पूर्वराष्ट्रपति भण्डारीले लोकतान्त्रिक मूल्यहरू, समावेशी राजनीति, लैङ्गिक समानता, समाजवाद उन्मुख मार्गचित्र तथा अन्तर्राष्ट्रिय मित्रता प्रवद्र्धनमा पुर्‍याएको योगदानलाई स्मरणीय र सन्दर्भयोग्य बनाउने लक्ष्य राखेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *