२०८२ मंसिर २२ गते | 7th of December 2025

घुस प्रकरणमा नाम जाेडिएका भूमिमन्त्री बलराम अधिकारीले भने -‘घुस प्रकरणमा आफ्नो कुनै संलग्नता छैन “

खुल्लामन्च
 प्रकाशित: २०८२ साउन २ गते १६:०७

काठमाडौ  – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले घुस प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन्। बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर मन्त्री अधिकारीले यस्तो दाबी गरेका हुन्। विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दाबी गर्दै उनले आफ्नो चरित्र हत्या गर्न मुछिएको बताए। घुससम्बन्धी अडियो बाहिरिएपछि राजकुमार गुप्ताले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले  पदबाट राजीनामा दिएका छन्। सार्वजनिक भएको अडियोमा गुप्ताले भूमि व्यवस्थामन्त्री अधिकारीले पैसा लिइसकेको र काम नगर्ने भनेको सुनिन्छ।

गुप्तासँग जोडिएको अडियो सार्वजनिक भएपछि घुस प्रकरणमा भूमि व्यवस्थामन्त्री अधिकारीको नाम पनि मुछिएको थियो। घुस प्रकरणमा नाम जोडिएपछि अधिकारीले राजीनामा दिनुपर्ने र उनीमाथि पनि छानबिन गर्न माग उठिरहेको छ। अभिष्ट पूरा गर्न आएको र उनीहरूको काम नगरेपछि चरित्र हत्या गरेको मन्त्री अधिकारीको दाबी छ। ‘आफ्नो अभिष्ट पूरा गर्न आएका थिए। मैले अस्वीकार गरेँ, हुन्न भनेपछि यी कुराहरू आएका हुन्,’ अधिकारीले भने। विवादित अडियो आफू र मन्त्रालयसँग सम्बन्धित नभएको तथा त्यसमा आफ्नो आवाजसमेत नभएको उनले बताए। ‘अडियामा सुनिएका व्यक्तिहरू हामीसँग सम्बन्धित होइनन्। मेरो बोली पनि त्यहाँ छैन,’ अधिकारीले भने,‘जग्गा, जमिन र सरुवाका कुरा पनि आइरहेका छन्। सरुवा मन्त्रालयको नियमित प्रक्रियाको विषय हो।’

पोखराबाट सरुवा भएका मालपोत प्रमुखले पनि सरुवा रोक्न कुनै पहल नगरेको उनको दाबी छ। पुराना कुरा ल्याएर आफ्नो र आफ्नो परिवारको चरित्र हत्या गर्न खोजिएको अधिकारीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *