२०८२ असोज २३ गते | 9th of October 2025

नेजसको बृहद बनभोज भोली, सम्पुर्ण तयारी पुरा

खुल्लामन्च
 प्रकाशित: २०८२ साउन ४ गते २३:३८

आर्टेसिया ।  नेपाली समुदायको एकता, मेलमिलाप र आपसी सञ्जाल विस्तारको उद्देश्यका साथ, नेपाली जनसम्पर्क समिति अमेरिका (Nepali Public Relations Committee, America – NPRCA), सदर्न क्यालिफोर्निया च्याप्टर द्वारा आयोजना गरिएको “GRAND PICNIC 2025” कार्यक्रम भोली, आइतबार, जुलाई 20 तारिखका दिन भव्य रूपमा सम्पन्न हुने तयारीमा छ।

उक्त बनभोज कार्यक्रम आर्टेसिया पार्क (18750 Clarkdale Ave, Artesia, CA 90701) मा आयोजना हुनेछ, जसको समय बिहान ११:३० बजे देखि दिउँसो ४:०० बजे सम्म रहनेछ।

विशेषताहरू:

  • प्रवेश पूर्णतः निःशुल्क (Free Entry)
  • पारिवारिक रमाइलो वातावरण
  • स्वादिष्ट खाना (Food)
  • रोचक खेलकुद प्रतियोगिता (Games)
  • मनोरञ्जनात्मक कार्यक्रमहरू (Fun)
  • बिजेताहरुलाई पुरस्कार वितरण (Prizes)

कार्यक्रममा स्थानीय नेपाली समुदाय, सामाजिक अभियन्ताहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू तथा अभिभावक वर्गको समेत उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। साथै, यस अवसरमा समुदायबीच आपसी समझदारी र भाइचारा अभिवृद्धि गर्न विशेष योगदान पुग्ने विश्वास लिइएको छ।

कार्यक्रमका संयोजक राजेश निरौला (फोन: 949-302-1557) र अध्यक्ष मदन पाठक (फोन: 562-375-2284) ले सम्पूर्ण दक्षिण क्यालिफोर्नियामा बसोबास गर्ने नेपाली दाजुभाइ, दिदीबहिनीहरूलाई यस कार्यक्रममा उपस्थित भई बनभोजलाई सफल पार्न हार्दिक अनुरोध गरेका छन्।

बनभोज कार्यक्रममा सहभागी हुन कायालिफोर्निया र बाहिरबाट आउने पाहुनाहरुको लागि डिल्ली थापपको निवासमा रात्रीभोजको आयोजना गरिएको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *