लस एन्जलस – नेपाली जनसंपर्क समितिका सभापती आनन्द बिष्टले आगामी ६ महिनभित्र नेजस अमेरिकाको महाधिवेशन सम्पन्न गरिने बताएका छन । ४३औं बि पि स्मृति दिवसमा नेजस साउदर्न क्यालिफोर्नियाले आयोजना गरेको बनभोज तथा सामुदायिक मिलन कार्यक्रममा सभापतीले बिष्टले सो कुराको जनाकारी गराएका हुन ।
यसैबिच नेजस साउदर्न क्यालिर्फोर्नियाले आफ्नो स्थापना कालदेखी प्रत्येक बर्ष सामुदायिक मिलनमा एकताको शुत्र जोड्न आयोजना गर्दै आईरएको बनभोज कार्यक्रम सम्पन्न भएको छ । लस एन्जलस, साउदर्न क्यालिफोर्निया, सान फ्रान्सिस्को र क्यालिफोर्निया राज्य बाहिरबाट समेत बिशाल सहभागीता रहेको कार्यक्रम ब्भब्य रुपमा सम्पन्न भएको छ ।
बनभोज कार्यक्रमस्थल आर्टेसिया पार्क (Artesia Park) मा आयोजित यस कार्यक्रममा सयौं नेपाली समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। बिहान ११:३० बजे शुरु भएको कार्यक्रम बेलुकी अबेरसम्म संचालन भयो । सहभागीहरूले विभिन्न प्रकारका खेलकुद, रमाइला गतिविधि, स्वादिष्ट नेपाली परिकार र सांगीतिक मनोरञ्जनको भरपूर मज्जा लिएका थिए।
कार्यक्रममा बालबालिकादेखि वृद्धवृद्धासम्मले खेलकुद प्रतियोगितामा सक्रिय सहभागिता जनाए। नेपाली पञ्चे बाजा, भलिबल, दौड, डोरी तान्ने , म्युजिकल चेयरजस्ता खेलहरूमा विशेष आकर्षण रह्यो। विजयी खेलाडीहरूलाई पुरस्कार वितरण गरिएको थियो।
कार्यक्रमा नेजस अमेरिकाका केन्द्रिय सभापती आनन्द बिष्ट प्रमुख अतिथीको रुपमा उपस्थित थिए । उद्घाटन शत्रमा आफ्नो मन्तब्यको क्रममा नेपाली कांग्रेस केन्द्रिय कार्यालयको निर्देशान् बमोजिम आगामी ६ महिना भित्र नेजस अमेरिकाको अधिवेशन सम्पन्न गरिने वचनबद्धता ब्यक्त गरे । ‘बिभिन्न अल्झनले रोकिएको नेजस अमेरिकाको अधिवेशन अबको ६ महिना भित्र सम्पन्न हुनेछ । नेपाली कांग्रेस पार्टीको निर्दशनारुप गरिने नेजस अमेरिकाको महाधिवेशनमा युवाहरुलाई अघि बढ्न म आग्रह गर्दछु’, सभापती बिष्टले भने ।
आर्टेसिया नगरका मेयर अली सजाद, न्यान्सका सभापती प्रितेश कार्कीले कार्यक्रममा आफ्न मन्तब्य राखेका थिए । कार्यक्रमका संयोजक राजेश निरौलाले सबैलाई स्वागत र धन्यवाद व्यक्त गर्दै यस्तो प्रकारको कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूबीचको आत्मीयता अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे।
नेजस, साउदर्न क्यालिफोर्नियाका सभापती मदन पाठकको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा सभापती पाठकले बिभिन्न त्यहाँ र तप्काबाट सहभागीहरूको सक्रियताले कार्यक्रमलाई सफल बनाएको भन्दै आगामी दिनहरूमा सामुदायिक एकता र भाईचाराको यो अभियानलाई बढावा दिने बताए ।
सामुदायिक अगुवा नबिन पोखरेलको असैमित सकृयता, साउदर्न क्यालिफोर्नियाका तमाम सामुदायिक संस्थाहरु, नेजसका केन्द्रिय पदाधिकारीहरु, एनआरएनका पदाधिकारीहरु, नेजाका पदाधिकारीहरु सहभागी रहेको कार्यक्रममा त्रिविका पुर्व उप-कुलपती डा. तिर्थ खनिया, नेपाल सरकारका पुर्व सचिव भिम उपाध्याय एवम लव त्रिपाठी, एन्फाका अध्यक्ष पंकज नेम्वाङ्ग, कांग्रेस नेता सुरेश भट्ट लगायतका महानुभावहरु सहभागेए हुनुहुन्थ्यो ।