२०८१ साउन १२ गते | 27th of July 2024

चुनावी अभियानलाई तिव्र पार्दै डा. केशब पौडेल

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन १३ गते १९:५२

अमेरिका ।  गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरीकाको आसन्न निर्वाचनमा अध्यक्षका बलिया प्रत्यासी एवम वर्तमान अध्यक्ष डा. केशव पौडेलले क्यालिफोर्निया न्युयोर्क पछि मेरिल्याण्डमा चुनावी भेटघाट तथा प्रचारप्रसार तिब्र पार्नुहुने भएको छ ।

नर्थ क्यारोलिना, कोलोराडो, क्यालिफोर्निया न्ययोर्कपछि मेरील्याण्ड राज्यको बाल्टीमोर शहरमा डा. केशव पौडेल र उहांको टिमले भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो । डा. पौडेलको टिमले आउंदो ३० तारिख आईतबार बाल्टीमोर स्थित माउन्ट एभरेष्ट रेष्टुरेन्टमा सांझ ६ बजे अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो ।

आफ्नो टिमको घोषणापत्र सहित प्रचारप्रसार व्यापक बनाएका डा. पौडेल र उहांको टिमले बाल्टीमोर नेपालीहरुलाई आगामी कार्यकालका योजना तथा बर्तमान कार्यसमितीले गरेका कामहरु लगायत सहभागी नेपालीहरुको जिज्ञासाको जवाफ दिने कार्यक्रम रहेको छ ।

यसैगरी डा. केशव पौडेल जिताऔँ अभियान मेरिल्याण्डको आयोजनामा निम्न मिति, स्थान र समयमा एनआएनए अमेरिकाका केन्द्रीय अध्यक्ष डा केशव पौडेलज्यू तथा उहाँका समूहका उम्मेदवारहरूसँग अन्तरक्रिया हुने भएकोले यहाँहरूको गरिमामय उपस्थितिको लागि सविनय अनुरोध गरिन्छ । कार्यक्रममा डिनरको समेत व्यवस्था गरिएको जानकारी गराईएको छ ।

मिति: जुलाई ३०, २०१७
स्थान: Mount Everest Restaurant
7927 Belair Rd, Nottingham
MD 21236
समय: बेलुकी ६ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *