२०८२ असोज ३ गते | 19th of September 2025

पत्रकार वाग्ले गम्भिर बिरामी, पुरै होश फिरेन

खुल्लामन्च
 प्रकाशित: २०८२ साउन ११ गते २२:१६

सान फ्रान्सिस्को – नेपाल अमेरिका पत्रकार संघ (नेजा) का यस आजिवन सदस्य जीवन्त वाग्ले गम्भिर बिरामी परेका छन ।
क्यालिफोर्नियास्थित सान् फ्रान्सिस्को बेरियामा बस्दै आएका वाग्ले ‘ब्रेन टूयमर’ को समस्याबाटग्रस्त छन । वाग्लेको वालनटक्रिकस्थित जोन्म्यूअर अस्पतालमा ‘ब्रेन ट्यूमर’ को शल्यक्रिया गरेपछि अस्पतालमै उपचाररत छन। सन् २०२५ जुलाई ७ सोमवार शल्यत्रिया गरिएकोमा हालसम्म पनि पूर्ण होस नफर्किइसकेको जानकारी उहाँकी धर्मपत्नी नम्रता बॅास्तोलाले नेजाका पदाधिकारीलाई जानकारी दिएकी छन ।

जुलाई ६ अत्यधिक टाउको दुखेर मार्टिनेज अस्पताल ईमर्जेन्सी गएका वाग्लेलाई सोही राती जोनम्युअर रिफर गरिएको थियो । ‘ट्यूमर’ को‘बायोप्सी’ रिपोर्ट आएपछि उनको रोगबारे थप यकीन हुनुका साथै चिकित्ससकले उपचार योजना बताउने जानकारी परिवारले दिएको नेजाद्वारा प्रकाशित बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

अपरेशनपछी के कस्तो उपचार गर्नुपर्ने, कति समय लाग्ने अहिलेसम्म अनिश्चित नै छ।साथै वाग्ले पुर्ववत अवस्थामा स्वस्थ हुन सक्ने वा नसक्नेबारे कुनै निश्चित नभएको चिकित्सकको भनाई छ । उनी आवद्ध र संस्था ‘नेजा’को तर्फबाट बिज्ञप्तिमार्फत शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *