लस एन्जलस – नेपाली जनसमपर्क समिति अमेरिकाको बहु-प्रतिक्षित अधिवेशन डिसेम्बर महिनाको यही २० तारिख सम्पन्न हुन गईरहेको छ । नेपाली काग्रेसको महाधिवेशन्को तिव्र तयारीसंगै पार्टीको निर्देशानुसार नेपाली जनसमपर्क समिति अमेरिकाको केन्द्रिय अधिवेशन पनि डिसेम्बर २७ तारिखमा सम्पन्न हुनेछ । अमेरिकाको केन्द्रीय अधिवेशन सम्पन्न हुनुभन्दा अगाडी सम्पन्न गरिने च्याप्टर अधिवेशनको बाध्यता स्वरुप अमेरिकाका सम्पुर्ण च्याप्टरहरुको अधिवेशन २० तारिख एकै दिन सबैतिर सम्पन्न हुनेछ ।
यसै कार्यतालिकानुसार साऊदर्न क्यालिफोर्निया च्याप्टरको अधिवेशन आऊदो शनिवार सम्पन्न हुन लागेको हो । तदनुसार भोली १५ तारिख सम्म सदस्यता वितरण गरि २० तारिख अधिवेशन सम्पन्न गरी नविन कर्यसमिति चयन गरिने च्याप्टरका अध्यक्ष मदन पाठकले बताए । स्मरणीय छ, विगत १३/१४ बर्षदेखि नेजस अमेरिकाको अधिवेशन सम्पन्न हुन सकेको छैन । अतः यसै परिबन्दले घेरिएको नेजस साऊदर्न क्यालिफोर्नियाले २० तारिख नविन कर्यसमिति प्राप्त गर्नेछ। 
अधिवेशन तयारीको लागि केही दिन अगाडी बसेको च्याप्टरको बैठकले विश्व सुवेदी (बास बिस्सु) संयोजक, सुर्य प्रसाईं र जोसेफ घले सदस्य रहेको निर्वाचन समिति गठन गरेको छ । निर्वाचन समितिले २० तारिख अधिवेशनमा हुनसक्ने निर्वाचनको सम्पुर्ण जिम्मेवारी अख्तियारी प्राप्त गरेको छ । यसैगरी भोली १५ तारिखसम्म अवधी रहेको सदस्यताको प्रमाणिकरणको लागि हेम ठकुल्ला संयोजक, तिलक राना र बिरबल बुढाथोकी सदस्य रहेको सदस्यता प्रमाणिकरण समिति गठन गरेको छ । समितिले सदस्यता लिएका आवेदकहरुको प्रमाणीकरणको काम गर्नेछ ।
च्याप्टरको बैठकले सभापति पदमा उम्मेद्वारी दिनको लागि ५०० डलर, उप-सभापती तथा महामन्त्री पदको उम्मेद्वारीका लागि ३०० डलर, सह-महामन्त्री तथा कोषाध्यक्ष पदका लागि २०० डलर र सदस्य पदका लागि १०० डलर शुल्क निर्धारण गरेको छ ।