२०८२ पुष २६ गते | 10th of January 2026

ब्युमोन्ट ब्यानिगं नेपाली समाजको अध्यक्षमा एकदेव शर्मा

खुल्लामन्च
 प्रकाशित: २०८२ मंसिर ३० गते १९:४९

लस एन्जलस – ब्युमोन्ट ब्यानिन्गं नेपाली समाजको अध्यक्षमा एकदेव शर्मा चयन भएका छ्न । समाजसेवी वेद्भक्त जोशीले प्रमुख अतिथिको रुपमा सरस्वतीको मूर्ति अगाडि पानसमा दीप प्रज्वलन गर्दै भव्य कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रमको प्रारम्भमा समाजका सदस्य बिपिन कँडेलले स्वागत मन्तव्य प्रस्तुत गर्दै उपस्थित सम्पूर्ण अतिथि, समाजका पदाधिकारी तथा प्रतिनिधिहरूलाई स्वागत गरेका थिए ।

कार्यक्रममा समाजका कोषाध्यक्ष हरि लम्सालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको आय–व्यय र आर्थिक पारदर्शिताबारे जानकारी दिएका थिए। त्यसैगरी समाजका महासचिव हृदयराज भण्डारीले वार्षिक प्रतिवेदन तथा प्रगति विवरण प्रस्तुत गर्दै समाजले विगत वर्षमा गरेका गतिविधि र भावी योजनाबारे प्रकाश पारेका थिए । कार्यक्रममा प्रत्यक्ष उपस्थित हुन नसके पनि नेपाल सरकारका अवैतनिक महावाणिज्यदुत ऋषी ढकाल र एनआरएन अमेरिकाका सदस्य हेमबहादुर ठकुल्लाको शुभकामना सन्देश पढेर सुनाईएको थियो ।

कार्यक्रममा लक्ष्मण नेपाल – अध्यक्ष, अमेरिका नेपाल सोसाइटी (ANSCA), अर्जुन पौडेल – अध्यक्ष, नेपाल अमेरिका एकता समाज, मोहन निउरे शर्मा – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, डिल्लीराज सिलवाल “सिद्धार्थ” – वरिष्ठ उपाध्यक्ष, श्रीपशुपतिनाथ तथा बुद्ध मन्दिर, ईन्द्रराज पाण्डे – अध्यक्ष, जय नेपाल फाउन्डेशन,दीपशंकर सुबेदी – अध्यक्ष, Inland Empire Nepali Society, डा. डोल्मा लामा – सदस्य, नेजा, चिरञ्जीवी गौतम – अध्यक्ष, प्रवासी नेपाली मञ्च, क्यालिफोर्निया
लगायत विभिन्न सामाजिक, साहित्यिक तथा धार्मिक संघ–संस्थाका नेतृत्वदायी व्यक्तित्वहरूले शुभकामना मन्तव्य राखेका थिए ।

ज्ञानेन्द्र गुरुङ – संयोजक, डा. दिलिप चन्द्र घिमिरे – सदस्य र डा. डोल्मा लामा – सदस्य रहेको निर्वाचन समितिले पदाधिकारीहरुका लागी निर्वाचन नहुने भएपछि सर्वसम्मत रुपमा निर्वाचित पदाधिकारीहरू यस प्रकार रहेका छन ।

१.एकदेव शर्मा -अध्यक्ष
२. रोशन श्रेष्ठ – उपाध्यक्ष
३. हृदय राज भण्डारी – सचिव
४. दिननाथ अर्याल ’प्रवीण’ – सह सचिव
५. हरि लम्साल – कोषाध्यक्ष
६. रञ्जना के. सी. – सदस्य
७. ऋतु बस्नेत – सदस्य
८. सोनी भट्टराई – सदस्य
९. युगमणी गुरूंग – सदस्य
१०. बिपेन कॅडेल – सदस्य
११. राम बावु अधिकारी – सदस्य ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *