२०८१ साउन ११ गते | 26th of July 2024

डा. केसी र वार्ताटोलीबीच सहमती हुन सकेन, वार्ता टोली फर्कियो

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन १४ गते १३:४५

काठमाडौं, १४ साउन । डा. गोविन्द केसी र सरकारी वार्ताटोलीवीच शनिबार वार्ता भएको छ । वार्तामा कुनै सहमती भने हुन सकेन । सहमति हुन नसकेपछि वार्ता टोली फर्किएको छ । फर्किएको टोलीले सहमति हुन नसकेको कुरा प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्रीलाई जानकारी गराउने बताएका छन । त्यसपछि चिकित्सा शिक्षा ऐन तत्काल पारित गर्न सभामुख ओनसरी घर्ती मगरलाई आग्रह गरिने छ ।

विगतका सम्झौता अनुसार चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमलाई थप स्वायतत्ता दिँदै विद्यार्थी भर्ना शुल्क र सम्बन्धन सम्बन्धी अधिकार त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदबाट आईओएममा फिर्ता गर्नुपर्ने माग डाक्टर केसीको छ ।

सरकारी निर्देशन र अदालतको आदेशलाई नटेर्ने मेडिकल कलेजलाई कारवाही गर्नुपर्ने चिकित्सा शिक्षा आयोग नबनेसम्म मेडिकल शिक्षाका सबै तहको शुल्क सरकारले तोक्नुपर्ने, एमडी, एमएस र एमडीएस तहको शुल्क यसै बर्षदेखि २२ लाख रुपैयाँसम्म मात्र कायम गर्नुपर्ने लगायतका माग डाक्टर केसीले राखेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *