२०८१ साउन १२ गते | 27th of July 2024

भरतपुरको १९ वडा फेरी निर्वाचन गर्न सर्वोच्चको आदेश, फैसलापछि कसले के भने ?

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन १५ गते १६:३०

 

काठमाडौं १५ साउन । भरतपुर महानगरपालिका वडा मतपत्र च्यातिएको बिषयमा आज सर्वोच्च आदलतले पैmसला सुनाएको छ । अदालतले वडा नम्बर १९ मा पुन मतदान गर्न आदेश दिएको छ। आइतबार न्यायाधीशहरु ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासले पुनः मतदान गर्ने आदेश दिएको हो। जेठ १४ गते मतगणनाको क्रममा मतपत्र च्यातिएपछि निर्वाचन आयोगले छानबिन गरी पुन मतदानको निर्णय गरेको थियो। उक्त निर्णयको विरुद्धमा नेकपा एमालेका तर्फबाट वडा नम्बर १९ का वडा सदस्य गुञ्जमान विकसहितले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
सर्वोच्च अदालतको फैसला आएपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आउन थालेको छ । कतिपयले अदालतको फैसलाले गलत नजिर बसाएको भन्दै विरोध गरेका छन् । कतिपयले अदालतले फैसला गर्न ढिलाइ गरेको भन्दै आपत्ति जनाएका छन् ।

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले अदालतको फैसला निर्वाचन आयोग विरुद्धको फैसला भएको बताइन । उनले यसअघि आयोगल चुनाव गराउनु भनेर गरेको फैसलाको विरुद्ध सर्वोच्चमा मुद्दा परेकाले यो आफ्नो सरोकारको विषय नभएको बताइन ।

च्यातिएको मतपत्रको अवलोकन र दुवै पक्षको बहस सुनेपछि आइतबार सर्वोच्चले पुन मतदान गर्ने निर्वाचन आयोगकै निर्णयलाई सदर गरेको हो। मतपत्र च्यातिएपछि नै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पुन मतदानको माग गर्दै आएका थिए भने नेकपा एमालेले पुन मतगणना गर्नुपर्ने माग गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *