२०८२ फागुन ५ गते | 17th of February 2026

कमिशनको चक्करमा आयलका हाकिमले झुटो विवरण पेश गरे

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन १६ गते ६:२७

काठमाडौ १६ साउन । इन्धन भण्डारणका लागि जग्गा खरिदमा नेपाल आयल निगमका करोडौं घोटला हुने गरी निजी जग्गा खरिद गरेको तथ्य फेला परेको छ । निगमका उच्च अधिकारीले करोडौं रूपैयाँ कमिसन खान सरकारी जग्गा प्राप्तीका लागि पहल नै नगरी निजी जग्गा किनेको भेटिएको हो ।

सार्वजनिक जग्गा नपाएर निजी जग्गा खरिद गरेको बताउँदै आएको निगमले एजेन्टसँग सेटिङ मिलाएर जग्गा किनेको तथ्य फेला परेको हो। २०७३ मंसिर २७ गतेदेखि निजी जग्गा खरिद गर्न टेन्डर गरेको निगमले चार महिनापछि मात्र आपुर्ति मन्त्रालयलाई जग्गा प्राप्तिका लागि पहल गरिदिन पत्राचार गरेको देखिन्छ। त्यसपछि मात्रा आपूर्तिले २०७४ वैशाख १ गते भूमिसुधार मन्त्रालयलाई पत्राचार गरेको देखिन्छ। इन्धन भण्डारणका लागि जग्गा खरिदमा करोडौं घोटला भएको समाचार सार्वजनिक भएपछि संसदीय समितिको बैठकमा आपूर्ति सचिव प्रेमकुमार राई र निगमका प्रबन्ध निर्देशक गोपाल खड्काले सार्वजनिक जग्गा नपाएपछि निजी जग्गका किन्न सुरु गरेको झूटो जवाफ पेस गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *