२०८१ साउन ११ गते | 26th of July 2024

किन राजिनामा दिए राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुरले ? कारण यस्तो छ

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन १६ गते १४:३७

 

काठमाडौं १६ साउन । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर मीनबहादुर श्रेष्ठले पदबाट राजिनामा दिएका छन्। उनी भदौ
१६ गते नियुक्ती भएका थिए । उनलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले नियुक्ती गरेको थियो ।
कांग्रेसको समर्थनमा बनेको प्रचण्ड नेतृत्वको सरकारको पालामा नियुक्त भएका श्रेष्ठले माओवादीको समर्थनमा कांग्रेस नेतृत्वको सरकार बनेको झण्डै दुई महिनापछि राजिनामा दिएका हुन्। सत्ता साझेदारदरहरु एउटै भएको कारण योजना आयोगमा उनकै निरन्तरताको समेत चर्चा चलेको थियो। तर उनले कारण नखुलाइ राजीनामा दिए।

उनले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई राजिनामा दिएका हुन्। नयाँ सरकार आएपछि अघिल्लो सरकारमा नियुक्त भएका योजना आयोगका उपाध्यक्षले राजिनामा दिने प्रचलन रहँदै आएको छ। श्रेष्ठ योजना आयोगमा नियुक्त हुनुअघि नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक थिए। उनी माओवादी केन्द्र निकट मानिन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *