लस एन्जलस, अमेरिका । नेपाल अमेरिका एकता समाजले हरेक वर्ष आयोजना गर्दै आएको हिन्दु महिलाहरुको महान चाड तीज पर्व यो वर्ष पनि “हरितालिका तीज शुभकामना साँझ -२०७४” भब्य रुपमा आयोजना गर्न गइरहेका छ । स्थानीय संघसंस्थाहरुको समन्वय तथा सहकार्यमा एकता समाजले आयोजना गर्न गई रहेको यो कार्यक्रम विशेष मनोरन्जनात्मक हुनेछ ।
कार्यक्रममा तीज विशेस स्थानीय नृत्यहरुका साथै विशेष सांस्कृतिक प्रस्तुतिका लागि आम नेपाली संगीतप्रेमीहरुका मन मुटु मा बस्न सफल चर्चित गायक गायिका शिव परियार र निशा सुनुवारको विशेस सांगीतिक प्रस्तुति रहने जानकारी समाजका बोर्ड सदस्य नबिन पोखरेलले दिनु भयो ।
नेपाल अमेरिका एकता समाजको आयोजनामा गत वर्षझैँ यो वर्ष पनि स्थानीय सम्पूर्ण दाजु-भाईहरुलाई माइतीको भूमिका निर्वाह गर्दै परदेशको यो भूमिमा मातृभूमिको प्रचलन तथा पर्व लाई आफ्ना चेलीबेटीहरुलाई सामुहिक निशुल्क दर खुवाउने कार्यक्रममा संस्थाले सम्पूर्ण स्थानीय चेलीबेटीहरुलाई उपस्थितिका लागि संस्थाको फेसबुक ( https://www.facebook.com/Ekatasamaj/) मार्फत हार्दिक आव्हान गरेको छ साथै लस एन्जल्स सेरोफेरोमा बस्नु हुने सम्पूर्ण दाजु भाईहरु लाई माइती बनि दिन र कार्यक्रम आयोजनाका लागि यथासक्दो आर्थिक सहयोग गरिदुनु हुन संस्थाले हार्दिक अनुरोध गरेको छ ।
स्थानीय शहर आर्टिसियाको तारा हिमालयन कुजिनमा अगस्ट १३ तारिख आइतबार बेलुकी ७ बजे बाट शुरु हुने सो कार्यक्रम सफल पार्न स्थानीय संघ संस्था , संचार माध्यम , समुदाय सदस्यहरुको सबैको उत्तिकै हातेमालो , सहकार्य र सहभागिता रहेको संस्थाका अध्यक्ष सुर्य प्रसाईले बताउनु भयो ।
अध्यक्ष सुर्य प्रसाईका अनुसार सोहि अनुरुप कार्य गर्न स्थानीय सम्पूर्ण संघ संस्थाहरुको सहकार्य , सहभागिताका लागि समन्वय भैं रहेको जानकारी दिनु भयो साथै सबै समुदाय सदस्यहरुसम्म कार्यक्रमको सूचना संचार माध्यम मार्फत पुगोस् र संचार माध्यमहरुसंग समेत समुदायका लागि हातेमालो तथा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता अनुरुप ” हरितालिका तीज शुभकामना साँझ कार्यक्रमका लागि मेरो खबर , हिमालयन खबर , हिमाली पोस्ट , नेपाल २४ आवर्स ,बि आर टी नेपाल , खुल्लामंच , समुदाय मासिक , एनएलए ८ टेलिभिजन , नेपाली ११ रेडियो लाइभ संग संस्थागत साझेदारी गरिएको जानकारी संस्थाकी महासचिव डोल्मा लामाले बताउनु भयो ।
स्मरण रहोस् संस्थाको स्थापनाकाल देखि भव्यताका साथ् मनाउदै आएको यो पर्वमा गत साल एकता समाजले झन्डै ४५० को हाराहारीमा स्थानीय चेलीबेटीहरुलाई निशुल्क दर खुवाएको थियो भने विवाहित हिन्दु नारीको प्रतिक टिका र पोते समेत चेलीबेटीहरुलाई उपहार स्वरुप प्रदान गरिएको थियो ।
कार्यक्रम :
मिति : १३ अगस्ट २०१७ , आइतबार
समय : बेलुकी ७ बजे
स्थान : तारा हिमालयन कुजिन आर्टिसिया, लस एञ्जलस