२०८१ साउन १२ गते | 27th of July 2024

सेवामा कहिल्यै नथाक्ने एउटा गोर्खाली, एनआरएन चुनावमा सदस्यका उम्मेद्वार – कृष्ण लामिछाने

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन १७ गते १९:१८

टेक्सास (अमेरीका) – गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरीकाको आसन्न निर्वाचनका लागी बोर्ड अफ डाइरेक्टर पदमा चिर परिचित गोरखाली समाजसेवी कृष्ण लामिछानेले पनि उम्मेद्वारी दिनुभएको छ ।

नेपालको गोरखाबाट १६ वर्ष अघि अमेरीका आउनुभएका लामिछानेको लोकप्रियता नै जितको प्रमुख आधार रहेको बताइन्छ । नेपालमा रहंदा पनि व्यवसाय संगसंगै समाजसेवामा सक्रिय लामिछाने अमेरीका आएपछि पनि समासेवामा निरन्तर तल्लिन हुनुहन्छ ।

प्रवासी नेपाली सामुदायिक ईतिहासमा सबैभन्दा सफल नेपाली समुदाय नेपाली समाज टेक्सासका वर्तमान अध्यक्ष लामिछानेले नेपाली जन सम्पर्क समितीको संस्थापक महासचिव, डालस एभरेष्ट लाइन्स क्ल्वको सभापती, नेपाली मन्दिरको बोर्ड अफ ट्रष्टी लगायतका पद ओगटिसक्नुभएको छ ।

समाज सेवाको दायरा फराकिलो पार्नलाई एनआरएन अमेरीकाको आगामी कार्यकालका लागी बोर्ड अफ डाइरेक्टरमा उम्मेद्धारी दिएको छु लामिछानेले भन्नुभयो- “सबैको साथ र समर्थन पाउने विश्वास लिएको छु ।”

मिलनसार स्वभाव, स्पष्ट वक्ता तथा समाजसेवाप्रतिको लगावका कारण सबैमाझ लोकप्रिय लामिछाने बोर्ड डाइरेक्टरमा सबैभन्दा बलियो उम्मेद्धार भएको चर्चा चलेको छ । मिसन र भिजन सहित अगाडी बढ्ने व्यक्तित्वमा गनिएका लामिछानेले प्रवासमा नेपाली भाषा संस्कृतिको संरक्षणका लागी डालसमा नेपाली पाठशालाको पनि शुरुवात गर्नुभएको हो ।

अमेरीकी नेपाली माझ सबैको प्रिय व्यक्ति लामिछानेले एनआरएन मार्फत नेपाली समाजका लागी केही गर्न सक्ने व्यक्तिमा चित्रण गरिएकोले जित निश्चित रहेको बताइन्छ ।

गत वर्षको भुकम्प प्रभावितका लागी राहत संकलनमा देखिएको सक्रियता होस या प्रवासमा समस्यामा परेका नेपालीहरुका लागी अग्रणी भुमिका खेल्ने लामिछानेले एनआरएन मार्फत समाजसेवालाई बृहत्तर बनाउन बोर्ड अफ डाइरेक्टरमा उम्मेद्धारी रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *