काठमाडौं १८ साउन १८ । स्वास्थ्य मन्त्रीको पदभार ग्रहणपश्चात स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले जनकपुर अञ्चल अस्पतालको बेथितीबारे बुझ्न जनकपुर पुगेका पुगे । मन्त्री जादा अस्पताल प्रशासनले निकै सर्तकता अपनाएको पाइयो । सधै फोहोर दुर्गन्धित अनि समयमा डयुटी नगर्ने चिकित्सकहरु सवै सरसफाइ र आ आफनो डयुटीमा स्ट्याण्डवाइ देखिए । सरसर्ती हेर्दा मन्त्रीले केही बुझन सकेन । तर अस्पताल प्रशासनले मन्त्रीको आगमन हुदैछ भन्ने थाहा पाएछि मोटरै लगाएर धुई पखाली सफा सुग्घर बनाएर मन्त्रीसामु पेस गरेका थिए । जनकपुर अञ्चल अस्पताल प्रशासनको लापरबाहीका कारण प्राय फोहरै फोहोर र अव्यवस्थित रहने गरेको थियो । जनकपुर अञ्चल अस्पतालको ड्युटी समयमा समेत आफ्नो क्लिनिक सञ्चालन गरेर बस्ने चिकित्सकहरु मन्त्रीको आवगमनमा समयमै पोसाकसहित ड्युटी गरेको भेटिएको थियो।
स्वास्थ्य मन्त्रीको आवगमनलाई लिएर प्रायः सधैंजसो बिरामीहरुले डाक्टर गुहार्नुपर्ने तथा भोग्नुपर्ने सास्तीबाट केही राहतसमेत पाएको महोत्तरी गौशाला नगरपालिका वडा नं। १ घर भएका सन्तोष दासको भनाइ थियो। पार्टीको कार्यक्रममा सहभागी हुन आएका माओवादी केन्द्रका वरिष्ठ नेता एवं स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलको स्वागतका लागि चिकित्सक तथा कर्मचारी लामबद्ध भएर अस्पतालको विभिन्न कक्षको अनुगमन भ्रमण गर्नसँगै लगेका थिए।
मन्त्री पोखरेल अनुगमनमा आउने भनी पहिलादेखि नै जानकारी रहेको अञ्चल अस्पतालका कर्मचारीहरुले आफ्नो तर्फबाट अस्पतालमा राम्रो सेवा दिने काम भइरहेको भनी देखाउन कुनै कसर बाँकी राखेनन्। तर, अस्पतालमा उपचार गराउन पुगेका सेवाग्राहीहरुले नै अस्पतालका चिकित्सकहरुको लापरबाही तथा बिरामीसँग गरिने अभद्र व्यवहारको विषयमा जानकारी गराका थिए। मन्त्री पोखरेलले जनगुनासोका आधारमा शीघ्र नै स्वास्थ्य मन्त्रालयबाट विशेषज्ञ सहितको छानबिन टोली पठाएर अञ्चल अस्पतालको बेथितिबारे बुझ्ने र थप अनुसन्धानपश्चात थप कदम चाल्ने बताए।
अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। रामपरीक्षण यादवको आफ्नै अवैद्य रुपमा निजी नर्सिङ होम सञ्चालनमा रहेको बारे युवा सरोज मिश्रले जानकारी गराएका थिए। यता, स्वास्थ्य मन्त्री पोखरेलले पत्रकारहरुको जिज्ञासामा जनकपुर अञ्चल अस्पतालमा रहेको रामवृक्ष यादव आइसियु सेन्टर छिट्टै सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे। जनकपुर अञ्चल अस्पतालले प्रदेश नं। २ कै स्वास्थ्य क्षेत्रलाई प्रतिनिधित्व गर्ने भएका कारण अस्पताललाई गुरु योजना बनाएर सुधारको बाटोमा ल्याइने बताए। उनले स्वास्थ्य क्षेत्रमा रहेको राजनीतिक नियुक्ति, करार सेवा तथा अन्य जालझेलको नियुक्तिहरुलाई बदर गरिने र नयाँ कार्ययोजना अनुसार सञ्चालनमा ल्याईने समेत जानकारी गराएका थिए।