२०८२ फागुन १ गते | 13th of February 2026

डा केसीलाई अनशन तोडी वार्तामा आउन आग्रह

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन १८ गते १५:२७

 

काठमाडौँ, १८ साउन । शिक्षा मन्त्रालयले अनशनरत चिकित्साशास्त्र अध्ययन संस्थान ९आइओएम० त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रा डा गोविन्द केसीलाई अनशन तोडी वार्तामा आउन आग्रह गरेको छ ।

प्रा डा केसीले चिकित्सा शिक्षा ऐन छिटो ल्याउनुपर्ने र संस्थानमा तत्काल सहायक डीन नियुक्त गर्नुपर्ने प्रमुख माग राख्दै साउन ९ गतेदेखि ११औँ पटक आमरण अनशन सुरु गरेका हुन ।

डा केसीले पेश गरेको मागका सम्बन्धमा विभिन्न चरणमा विभिन्न ढङ्गले उपप्रधान तथा शिक्षामन्त्री, स्वास्थ्यमन्त्री र नेपाल मेडिकल काउन्सिललगायत सम्बन्धित सबैसँग छलफल भइरहेको छ, मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “वार्तामा सहभागी हुन वार्ता समिति आग्रह गर्दछ ।”

मन्त्रालयले आज ४ः०० बजे वार्ताका लागि आह्वान गर्दा डा केसीका तर्फबाट सहभागी वार्ता समितिका सदस्य कोही पनि उपस्थित नभएकोप्रति दुःख व्यक्त गरेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *