२०८३ असोज २८ गते | 14th of October 2026

सामाजिक सञ्जालमा रेणु दाहाललाई गाली गरेको भन्दै देवी ज्ञवालीका छोरा प्रक्राउ

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन १८ गते १५:४३

 

काठमाडौँ १८ साउन । चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेको तर्फबाट प्रमुखका उम्मेदवार देवी ज्ञवालीका छोरा निरभ ज्ञवाली काठमाडौँबाट पक्राउ परेका छन । महानगरीय अपराध महाशाखाको टोलीले बुधबार काठमाडौँमा पक्राउ गरी जिल्ला अदालतमा पेस गरिएको छ। पक्राउ परेका ज्ञवालीलाई साइबर अपराधमा मुद्दा अघि बढाइएको छ । सामाजिक सञ्जाल फेसबुकमा आफूलाई गाली गलौज गरेको भन्दै भरतपुर महानगरमा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी रेणु दाहालले निरभविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन्। दाहालको सोही उजुरीका आधारमा ज्ञवाली प्रकाउ परेका हुन्। पक्राउ पछि म्याद थपका लागि ज्ञवालीलाई अहिले काठमाडौँ जिल्ला अदालत लगिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *