२०८१ साउन १२ गते | 27th of July 2024

सबैले अपनत्व महसुस गर्न सक्ने संस्थाको रूपमा एनआरएन अमेरिकालाई स्थापित गर्नेछु – अध्यक्ष प्रत्यासी रबिना थापा

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन १८ गते २२:५२

उपेन्द्र सापकोटा/ लक्ष्मण गौतम, लस एन्जलस
अमेरिका, १ अगस्ट । सबैले आफ्नो पन महसुस गर्न सक्ने, विवाद रहित बनाउँदै आम नेपाली समुदायको हितमा काम गर्ने संस्थाको रूपमा विकास गर्न आफ्नो उम्मेदवारी रहेको एनआरएन अमेरिकाको आगामी २०१७-२०१९ कार्यकालको लागि हुने चुनावको अध्यक्ष पदको प्रत्यासी रबिना थापाले आज लस एन्जल्समा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बताइन ।

विगतमा बानाको अध्यक्ष पदमा रही कार्य अनुभव भएको तथा वर्तमान उपाध्यक्ष थापाले आफू सदस्यता विवाद निरुपण गर्नको लागि पहिले देखियो जोडदार आवाज उठाउदै आएको र आफू निर्वाचित भएर आएपश्चात यसको ठोस समाधान दिने बताइन ।


नेपालको प्रमुख पदहरुमा महिलाहरूले सफल नेतृत्व दिईसकेको अवस्थामा प्रजातान्त्रिक देश अमेरिकामा नेपालीहरूको साझा संस्थाको रूपमा विकाश हुनुपर्ने एनआरएन अमेरिकाको नेतृत्व लिनको लागि थापा अग्रसर भएर लागेकी छिन ।

सहभागी पत्रकारको तर्फबाट आफ्नो मन्तव्य राख्दै सुदिप पन्तले एनआरएनलाई धनी व्यक्तिको कल्बको रूपमा मात्र सीमित नराखी एउटा सेभेन इलेभेन, ग्यास स्टोर वा रेस्टुरेन्टमा काम गर्ने साधारण व्यक्तिले समेत मेरो हो भनी महसुस गर्न सक्ने बनाउन सुझाव दिनु भयो ।

कार्यक्रममा फ्रेन्ड्स अफ नेपालका अध्यक्ष तथा एनआरएन अमेरिकाका सल्लाहाकार मुकुन्द ढुंगाना, नेपाली काँग्रेस महाधिवेशन समिति सदस्य हेमराज भट्ट, जानसम्पर्क समिति केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख गोकुल ढकाल, नेपाल अमेरिका पत्रकार संघ नेजाका पूर्व सचिव सुदिप पन्त,वरिष्ठ समाजसेवी वेद भक्त जोशी, पशुपति फाउनडेशनका अध्यक्ष भक्त थापा, नेपाल अमेरिका एकता समाजको अध्यक्ष सूर्य प्रसाईं, एएनएस का अध्यक्ष चिरन्जीवी गौतम, नेपाली जनासम्पर्क समिति साउदर्न क्यालिफोर्निया च्याप्टर का सभापति मदन पाठक, अमेरिका नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष राम लामा, मगर समाजका बखान थापा, ब्लड डोनर्स एसोसिएसनका एकदेव शर्मा, गुरुङ समाजका ज्ञानेन्द्र गुरुङ, अनेसास लस एन्जल्स च्यापटर अध्यक्ष डन बहादुर कार्की,एन आर एन ए का पूर्व आइसीसी सदस्य राजेन्द्र सिवाकोटी लगायत स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

सो अवसरमा आइसीसी सदस्य पदका उम्मेदवार बलराम थापा, महासचिव पदका उम्मेदवार महेश मल्ल, उपाध्यक्षको उम्मेद्वारहरु उमा कार्की थापा र सुमन बुढा मगर, एनआरएन अमेरिकाको सह-सचिव पदका उम्मेदवार टेक लामा, महिला संयोजक पदको उम्मेदवार इन्दिरा त्रिपाठी सदस्य पदका उम्मेदवारहरु कर्ण चन्द, बास विश्व र सवेन्द्र थापा, एनआरएन क्यालिफोर्निया च्याप्टरको अध्यक्ष पदका उम्मेदवार सुरेन्द्र मल्लले आफ्नो छोटो परिचय दिएका थिए ।

कार्यक्रमको सभापतित्व अनेसासका केन्द्रीय कोषाध्यक्ष शान्तिराम ढकाल, स्वागत मन्तव्य एनआरएन अमेरिका सह-सचिव संगीता लम्साल सिवाकोटी ले गरेका थिए भने सञ्चालन गङ्गा बस्नेतले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *