२०८१ साउन १२ गते | 27th of July 2024

अन्य क्षेत्रका नेवारी समुदायको भन्दा फरक ओखलढुंगाको लाखेनाच अब काठमाडौंमा

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन १९ गते १६:१३

काठमाडैौं १९ साउन । कृष्ण जन्माष्टमीको अवसरमा ओखलढुंगाका नेवारी समुदायले देखाउर्दै आएको लाखेनाच काठमाडौमा देखाइने भएको छ । ओखलढुंगा सेवा समाजको आयोजनामा काठमाडौमा लाखेनाच प्रशर्दन गर्न लागिएको दिपेश राजभण्डारीले बताए । भण्डारीका अनुसार लाखेनाचबाट उठेको पैसाले ओखलढुंगा सदरमुकाममा रहेको सिद्धिचरण पार्कको मर्मत तथा पार्कमा इ लाइव्रेरी बनाउनुका सागै एम्बुलेन्स खरीद गरी विरामीहरु सेवा दिने उनले बताए ।
राजभण्डारीका अनुसार साउन २० गते बसन्तपुर दरवार स्क्वायरमा २१ गते काठमाडौंको चावहिल स्थित नवदुर्गा पार्टी प्यालेसमा लाखे नाच प्रशर्दन गरिने जानकारी दिएका छन ।
ओखलढुंगाका नेवारी समुदायले देखाउदै आएको लाखेजात्राको नाच्ने शैली र सामुहिक नाच भिन्न भएका कारण अन्य क्षेत्रका नेवारी समुदायमाझ पनि लोकप्रिय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *