२०८१ साउन १२ गते | 27th of July 2024

भरतपुरको पछिल्लो परिणाम देवी र रेणुको ४ मतको अन्तर

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन २१ गते १३:०९

चितवन, २१ साउन । भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवाली कांग्रेस माओवादी गठबन्धनकी उम्मेदवार रेणु दाहालभन्दा ४ मतले अघि छन ।
अहिले २० नम्बर वडाको १६ सय मत गनिएको छ । वडा नम्बर २० मा ३ हजार ३ सय २ मत खसेको थियो ।
पछिल्लो मत परिणाम
देवी ज्ञवाली – ४२४१८
रेणु दाहाल – ४२४१४

– वडा नम्बर १९ को मतगणना सकिँदा एमालेका देवी ज्ञवालीले ४१ हजार ९ सय ४६ र माओवादी केन्द्रकी रेणु दाहालले ४१ हजार ७ सय २५ मत प्राप्त गरेकी छन । वडा नम्बर १९ को मतगणना सकिँदा रेणुभन्दा देवी २ सय २१ मतले अघि थिए ।
२९ वडा रहेको भरतपुरमा १९ र २० बाहेक २७ वटा वडाको परिणामअनुसार एमालेका मेयरमा उम्मेदवार देवी ज्ञवालीले ४० हजार ९ सय ८० मत ल्याएका थिए । माओवादी–कांग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहालको ४० हजार १ सय ९४ मत थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *