२०८० असोज ५ गते | 22nd of September 2023

शिक्षक नियुक्तिमा राजनीतिकरण, रत्नराज्य माविको पठनपाठन प्रभावित

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन २३ गते ८:४४

गोर्खा । शिक्षक नियुक्तिको बिषयमा उत्पन्न विवादका कारण गोरखा नगरपालिका-१० बिरेन्चोकस्थित रत्नराज्य माविको पठनपाठन प्रभावित भएको छ ।बिद्यालयमा रिक्त रहेको गणित बिषयको निमावी दरवन्दी परिपूर्तिका लागी असार ९ गते जिल्ला शिक्षा कार्यालयले पठाएको पत्रसहित रामेश्वर पोखरेल बिद्यालयमा हाजिर हुन पुगे । त्यस दरवन्दीमा अध्यापन गराइरहेकी अम्विका लामिछाने काठमाडौ जाने भएपछि बिद्यालय व्यवस्थापन समितिले फागुन ११ गते उनलाइ पठाउने निर्णय गर्‍यो र १३ गते रिक्त स्थानमा रामेश्वर पोखरेललाई ल्याउने निर्णय भयो ।

फागुनमा निर्णय भएपनि निर्वाचन आचार संहिताका कारण पोखरेललाइ शिक्षा कार्यालयले असार ९ गते हाजिर हुने गरी पत्र दियो । पत्रसँगै पोखरेल ९ गते बिद्यालमा हाजिर भए । असार १० गते बाट बर्खे बिदा शुरु भयो ।

शिक्षा कार्यालयको पत्र बोकेर बिद्यालय पुगेका शिक्षकलाइ छिर्न दिइएन । बर्खे बिदा सकिएर साउन २० गते शुक्रवार बाट बिद्यालय खुल्यो । बिद्यालय खुलेसँगै पढाउन पुगेका शिक्षक पोखरेलाइ वडा नम्वर-११ का माओवादी केन्द्रका तर्फबाट निर्वाचित वडा अध्यक्ष राम बहादुर खड्का सहितको टोलिले बिद्यालयको गेटमै रोके ।

‘वडा अध्यक्ष सहितको केही निर्वाचित सदस्यहरुले बिद्यालयको गेटमै रोक्न खोजे म घुमेर बिद्यालय पुगे,’ शिक्षक रामेश्वर पोखरेलले भने ‘म भित्र अपिसमा पुगेपछि केही साथीहरु आएर बाहिर जानुस भन्नुभयो ।’

बिद्यालयमा रिक्त रहेको अग्रेजी बिषयको मावि दरवन्दीमा तेज बहादुर नेपालीलाइ ल्याउनुपर्ने भन्दै उनीहरुले आफूलाइ हाजिर गर्न नदिएको पोखरेलको भनाइ छ । ‘वडाध्यक्षले तेज बहादुर नेपालीलाइ मावि दरवन्दीमा जब सम्म स्थापित गराउनुहुन्न तव सम्म तपाईंलाई हाजिर हुन दिन्नौं भन्नुभएको छ,’ पोखरेलले भने ।

बिद्यालयका प्रधानाध्यापक धुव्र श्रेष्ठले असार मसान्तबाट अवकाश लिएसँगै माविमा अग्रेजी बिषयको दरवन्दी खाली भएको छ । उक्त दरवन्दीमा माओवादीले हाल खोल्पाङको अन्नपूर्ण माविमा अध्यापन गराइरहेका शिक्षक तेज बहादुर नेपालीलाइ ल्याउनुपर्ने अडान राख्दै आएको छ ।

यता एमालेले भने स्थानीय गिरिजा आलेलाइ ल्याउनुपर्ने माग राख्दै आएको छ । ‘आलेको सर्टिफिकेटबाटै कक्षा ११ र १२ संचालित भएको र स्थानीय भएको भन्दै एमालेले उसलाइ राख्न दवाव दिएको छ,’ बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष धु्रव कुवँरले भने ‘माओवादीले आफू निकट तेज बहादुर नेपालीलाइ ल्याउनुपर्ने अडान राख्दै आएको छ ।’
तेज बहादुर नेपालीलाइ नल्याएसम्म हाजिर हुन नदिने भन्दै माओवादी निकट व्यक्तिहरुले पोखरेललाइ बिद्यालय नजान धम्की दिँदै आएका छन् । शिक्षा कार्यालयले हाजिर हुन पत्र पठाएपनि उनी हाजिर हुन पाएका छैनन् ।

हाजिर गर्न मात्र होइन उनलाइ अध्यापन गराउन पनि दिइएको छैन । ‘अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष धुव्र भट्ट, वडा नम्वर १० का माओवादी पार्टी प्रतिनिधी राजकुमार कोइराला र शिक्षक तेजबहादुर नेपाली मेरै कोठामा आएर तेज बहादुरलाइ त्यहा नल्याएसम्म तपाईंलाई हाजिर हुन दिन्नौ भन्नुभयो,’ पोखरेलले भने ।

बिद्यालयमा हाजिर हुन नदिएपछि पोखरेल जिल्ला शिक्षा कार्यालय पुगेर हाजिर गरे । कार्यालयमा उनले उजुरी समेत दिएका छन् । साउन २२ गते सरोकारवालाबीचको छलफल पनि निश्कर्षबिहीन बन्यो ।

शिक्षक विवादका कारण अहिले बिद्यालयको पठनपाठन ठप्प जस्तै छ । कार्यालय भित्रै आएर शिक्षकलाइ धम्क्याएको र आफूहरु असुरक्षित भएको भन्दै केही शिक्षकहरुले अध्यापन गराउन मानेका छैनन् ।

यता बिद्यालयकी निमिक्त प्रधानाध्यापक सरला देवकोटाले सहमतिको प्रयास भइरहेको बताइन् । ‘अभिभावकहरु आएर हाजिर गर्न दिनुभएन, त्यस्तो नहुनुपर्ने थियो कसरी भयो कसरी,’ उनले भनिन् ।

जिल्ला शिक्षा कार्यालय रमिते

नगरपालिका क्षेत्र भित्रै रहेको उक्त बिद्यालयमा भएको विवाद मिलाउन जिल्ला शिक्षा कार्यालयले कुनै पहल गरेको छैन । समस्या समाधानको सट्टा कार्यालय रमिते बनेर बसेको छ ।

हाजिर हुनका लागि कार्यालयले दिएको पत्र लिएर बिद्यालय पुगेका शिक्षकलाइ हाजिर हुन नदिँदासमेत कार्यालयले कुनै कदम चालेको छैन । ‘साउन ४ गते नै समास्या सुल्झाउन निवेदन दिँदा पनि कार्यालयले अहिले सम्म वास्ता गरेको छैन,’ वडा नम्वर १० का अध्यक्ष देवी बहादुर बस्नेतले भने ।

नेताको इसारामा कार्यालय नाच्ने भएकाले समस्या बल्भिmएको र जिल्ला शिक्षा अधिकारीको कमजोरीका कारण समस्या समाधान हुन नसकेको आरोप लगाए ।

‘समस्या समाधानका लागि सहायक जिल्ला शिक्षा अधिकारीको नेतृत्वमा श्रोत व्यक्ति र बिद्यालय निरीक्षकसहितको अनुगमन समिति बनाएको भनेको पनि धेरै भइसक्यो तर अहिले सम्म केही भएको छैन,’ बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष कुवँरले भने ।

साउन ८ गतेदेखि नै कार्यालयले उक्त कुरा गरेपनि हाल सम्म केही काम नभएको उनले बताए । कार्यालयले बिद्यालयको समस्या समाधानमा वेवास्ता गरेको उनको आरोप छ । कार्यालयको लापरवाहीका कारण बिद्यालयको पठनपाठन प्रभावित भइरहेको छ । यता जिल्ला शिक्षा अधिकारीलाइ फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

Source : GorkhaOnline

Leave a Reply

Your email address will not be published. Required fields are marked *