२०८२ फागुन २९ गते | 13th of March 2026

घुस लिदालिदै जनस्वास्थ्य अधिकृत अख्तियारको फन्दामा

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन २४ गते १५:३४

 

काठमाडौं २४ साउन । जिल्ला जनस्वास्थ्य कार्यालय झापाका एक अधिकृत रामप्रसाद शाह घुस लिदालिदै रंगेहात पक्राउ परेका छन । सेवाग्राहीसंग दुई लाख रुपैयाँ घुस लिँदा लिदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय र क्षेत्रीय कार्यालय इटहरीबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो । शाहलाई भद्रपुरस्थित एक इन्ष्टिच्युटबाट मंगलबार रंगेहात पक्राउ गरिएको हो। जनस्वास्थ्य कार्यालयका ल्याव टेक्निसियन समेत रहेका शाहले दमकस्थित एक अस्पतालको काम गरिदिने भन्दै घुस लिएको सूचनाका आधारमा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका डीएसपी रमेश बस्नेतले जानकारी दिए। शाहले रकम दिन आएका व्यक्तिलाई जनस्वास्थ्यमा नबोलाएर भद्रपुर ८ स्थित पृथ्वी निमावि परिसरमा आफूले खोलको रामप्रसाद–लक्क्षेन्द्र टेक्निकल इन्ष्टिच्युटमा बोलाएर रकम लिएसंगै पक्राउ परेका हुन्। जनस्वास्थ्य कार्यालयमा बार्षिक रुपमा गरिनुपर्ने दर्ता नवीकरणको प्रमाणपत्र दिने शर्तमा अधिकृत शाहले हस्पिटलबाट दुई लाख रुपैयाँ घुस माग गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *