२०८१ माघ २८ गते | 10th of February 2025

डक्टरको गलत औषधिका कारण बालिकाको मृत्यु, अस्पतालद्धारा परिवारलाई पाँच लाख क्षतिपूर्ती

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन २४ गते १५:५८

काठमाडौं, साउन २४ – काठमाडौं मेडिकल कलेज सिनामंगलमा चिकित्सकले दिएको औषधिको असरले नौ वर्षका बालिकाको ज्यान गएपछि अस्पतालले पाँच लाख रुपैयाँ क्षतिपूर्ति तिरेको छ ।

सिनामंगल बस्ने नौ वर्षकी बालिका सुनिता बस्नेत पलङबाट लड्दा खुट्टा मर्किएपछि परिवारले उक्त अस्पताल पु¥याएका थिए । चिकित्सकले खुट्टामा ब्याण्डेज लगाई ‘फ्ल्याक्जन’ नामक औषधि दिएका थिए ।

सोही दिन घर फर्किपछि औषधिले बालिकालाई नकारात्मक असर गर्दा शरीरमा पेट फुल्नेलगायतका विभिन्न समस्या देखिएपछि पुनः २३ गते बेलुका ५ बजे अस्पताल पुर्‍याइएकी बालिकाको बेलुका ७ बजेतिर ज्यान गएको थियो ।

बिरामीको ज्यान गएपछि परिवारले मंगलबार बिहानैबाट अस्पताल बाहिर नाराबाजी गर्दै दोषीलाई कारबाही गरिनुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्ने माग राखेका थिए । बिरामीका ठूलो बुबा रवि बस्नेतले अस्पतालले गलत औषधि दिएकाले ज्यान गएको बताए ।

अस्पताल र बिरामीका आफन्तबीच भएको सहमतिअनुसार पाँच लाख रुपैयाँ क्षतिपूर्ति र उपचारमा संलग्न चिकित्सकमाथि छानबिन गर्ने सहमति भएको छ । अस्पतालका प्रशासन प्रबन्धक डा प्रकाश भट्टराईले औषधिले असर देखाउनासाथ अस्पताल नल्याउँदा बिरामीलाई बचाउन नसकिएको बताए ।

डा भट्टाराईका अनुसार बिरामीले औषधि प्रयोग गर्दा कुनै असर देखिएमा ढिला नगरिकन सो औषधि नखाई तुरुन्त चिकित्सककोमा जानुपर्छ, अन्यथा औषधिको असर बढ्दै जाँदा बिरामीको ज्यानै जान सक्छ, उक्त समयमा चिकित्सकले मात्र केही गर्नसक्ने अवस्था रहन्न ।
सोमबार नै बिहान झापाबाट उपचारका लागि भर्ना भएका चारवर्षे बालक आरुष सुुवेदीलाई म्याद सकिएको औषधि दिएको पाइएपछि औषधि व्यवस्था विभागले उक्त अस्पतालको औषधालय सिलबन्दी गरेको छ ।

One thought on “डक्टरको गलत औषधिका कारण बालिकाको मृत्यु, अस्पतालद्धारा परिवारलाई पाँच लाख क्षतिपूर्ती

Leave a Reply

Your email address will not be published. Required fields are marked *