२०८१ साउन ११ गते | 26th of July 2024

निर्वाचन सम्पन्न गर्न कानुन छिटो आओस् – नेत्री कोइराला

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन २६ गते १२:१०

 
भक्तपुर, २६ साउन । नेपाली काँग्रेसकी नेत्री सुजात  कोइरालाले तोकिएकै समयसीमाभित्र केन्द्र र प्रदेशको निर्वाचन सम्पन्न गर्न आवश्यक कानुन छिटोभन्दा छिटो पारित गर्नुपर्ने बताइन ।

रफत सञ्चार क्लबद्वारा आज आयोजित साक्षात्कार कार्यक्रममा नेत्री कोइरालाले तराईका जनता निर्वाचन पर्खेर बसेकाले सरकार र निर्वाचन आयोगले तत्काल प्रक्रिया अघि बढाएर विधेयक र नीतिहरु पारित गर्नुपर्ने बताइन ।

“निर्वाचनमा जीत वा हार भन्दा पनि निर्वाचन समयमै गराउनु महत्वपूर्ण कुरा हो,” कोइरालाले भन्नुभयो – “सबैलाई समेटेर तीनै तहको निर्वाचन सहज रुपमा सम्पन्न गर्नुपर्छ ।”

पछिल्लो समय भारत र नेपालबीच चिसिएको सम्बन्धलाई सुधार्न प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमण उपयोगी हुने विश्वास पनि उहाँले प्रकट गरिन ।

राजनीतिक दलहरुबीचको सहमति र सहकार्य मजबुत भएको अवस्थामा बाह्य शक्तिले हस्तक्षेप गर्न नसक्ने उनले बताइन । पछिल्लो समय राप्रपामा आएको फूट अपरिपक्व राजनीतिक खेल भएको उनको टिप्पणी थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *