२०८१ माघ २६ गते | 8th of February 2025

तटबन्ध फुटेपछि सप्तरी डुवानमा, स्थानीय त्रसित

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन २६ गते १७:०१

 

काठमाडौं २६ साउन । अविरल बर्षापछि सप्तरीको खाडो नदीमा आएको बाढीले राजविराज नगरपालिका १० नं। वडामा पर्ने बिरौल गाउँ जलमग्न भएको छ। लामा पानीको सतह बढेपछि पश्चिमी तटबन्धलाई दुई ठाउँमा भत्काउँदै बिहीबार बिहान बाढीको पानी गाउँ पसेको हो। भत्किएको तटबन्धमा माटो, जालीको काम गर्न सुरक्षाकर्मीलाई तैनाथ गरिएको छ ।
पछिल्लो असारको तेस्रो हप्ता पनि खाडो नदीमा आएको बाढीले सप्तरीको सकरपुरा, लौनिया लगायतका गाउँ डुबान हुँदा लाखौंको क्षति भएको थियो। त्यतिबेला भएको क्षति बिर्सन नपाउँदै पुनः खाडोमा आएको बाढी गाउँ पस्दा स्थानीय बासिन्दा त्रसित छन्।

बाढीको पानी गाउँमा पसेको भएपनि कुनै क्षति नभएको सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालले जानकारी दिएका छन । प्रमुख जिल्ला अधिकारी कटवालका अनुसार अहिले बिरौल गाउँमा बाढीको पानीले हुनसक्ने संभावित क्षति रोक्न नेपाली सेनाको राजविराजस्थित श्रीकृष्ण दल गण, सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीबाट गएका सुरक्षाकर्मीलाई परिचालन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *