२०८१ साउन १२ गते | 27th of July 2024

धनुषा र महोत्तरी जोड्ने रातोपुल पुनः भासियो

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन २८ गते १६:४१

 

महेन्द्रनगर (धनुषा), २८ साउन । विगत चार दिनदेखि भएको अविरल वर्षाका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषा र महोत्तरी जोड्ने रातो पुल पुनः भासिएको छ ।

तीन वर्ष पहिले पनि यो पुल भासिएको थियो । पूर्वलाई काठमाडौंसँग जोड्ने प्रमुख पुलको रुपमा यो पुल रहेको छ । पुल भासिएपछि पुलमा भारी सवारी निषेध गरिएको छ । हलुका सवारी मात्र जान दिइएको प्रहरीले जनाएको छ । पुल ४–५ इन्च भन्दा धेरै भासिएको प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक सालिकराम शर्माका अनुसार आइतबार प्राविधिक जाँच पछिमात्रै अन्य सवारीलाई खोल्ने वा नखोल्ने टुंगो लाग्नेछ । खोलामा पानीको बहाब उच्च भएपछि पहिले डाइभर्सन दिएको स्थानमा अलि भासिएकाले सवारीसाधन आवागमन बन्द गरिएको धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय, बर्दिबाससँग समन्वय गरी साँझ ७ बजेदेखि सवारीसाधन आउजाउ बन्द गरिएको उनले बताए  । पुलको अवस्था हेरेर मात्र साना सवारीसाधनहरु आउन जान सक्ने वा नसक्ने विषयमा विचार गरेर मात्र सञ्चालन गर्न दिने प्रहरीले जनाएको छ ।

सवारीसाधन सञ्चालनमा रोक लगाएपछि राजधानीसहित देशको विभिन्न ठाउँ जाने रात्रिकालीन बस सेवाका एक हजारभन्दा बढी गाडी र हजाराँै यात्री अलपत्र परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *