२०८१ साउन १२ गते | 27th of July 2024

बाढीबाट मोरङमा १८ जनाको मृत्यु

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन ३० गते १५:५४

विराटनगर, ३० साउन । अविरल वर्षासँगै आएको बाढीमा परी मोरङमा हालसम्म १८ जनाको मृत्यु भएको छ ।

आजसम्ममा १८ जनाको मृत शरीर भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीले जानकारी दिनुभयो । उनले आज मात्रै १२ जनाको शव भेटिएको पनि जानकारी दिए ।

उहाँका अनुसार मृतकमध्ये १४ जनाको पहिचान भइसकेको छ भने बाँकी चार जनाको पहिचान गर्ने काम भइरहेको छ । तीमध्ये बाढीले बगाएर लगेका अवस्थामा चार जनाको शव भारतीय क्षेत्रमा फेला पारिएको हो ।

पछिल्लो तथ्यांकअनुसार बाढीबाट सबैभन्दा बढी मानवीय क्षति भएको जिल्ला मोरङ हो । आइतबारसम्म छ जनाको मृत्यु भएको प्रहरीले बताएको थियो । तर सोमबार मात्रै १२ जनाको शव फेला परेको जनाइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *