२०८१ साउन १२ गते | 27th of July 2024

डा केसीलाई अनशन अन्त्य गर्न समितिको अपिल

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन ३० गते १६:००

 

काठमाडौँ, ३० साउन । सरकारद्वारा गठित वार्ता समितिले डा गोविन्द केसीलाई तत्काल अनशन अन्त्य गर्न अपिल गरेको छ ।

मुलुकका विभिन्न क्षेत्रमा अकल्पनीय प्रकृतिक प्रकोप, बाढीपहिरोबाट धनजनको ठूलो हानिनोक्सानी भएका कारण स्वास्थ्य क्षेत्रमा समेत थप जनशक्ति परिचालन गरी नागरिकको जीवन रक्षा गर्नुपर्ने सबैको दायित्व रहेको जनाउँदै त्यस पक्षलाई हेक्का गरी अनशन अन्त्य गर्न डा केसीलाई अपिल गरेको हो ।

वार्ताका लागि तोकिएको प्रतिनिधिसँग पटकपटक सहमतिको अन्तिम बिन्दुमा पुग्न लागिसकेको अवस्थामा डा केसीका प्रतिनिधि वार्ताबाट विमुख भई वार्तालाई निरन्तरता दिन असमर्थ भएको परिस्थितिप्रति सरकारी वार्ता समितिले दुःख प्रकट गरेको छ ।

वार्ताबाटै माग सम्बोधन गर्ने अभिप्रायले डा केसीका प्रतिनिधिलाई आज आमन्त्रण गरिएकोमा सामेल नभएको उल्लेख गर्दै समितिले प्रमुख माग चिकित्सासम्बन्धी विधेयक व्यवस्थापिका–संसद्मा पेश भइसकेको तथा अन्य मागसमेत तत्काल सम्बोधन हुनसक्ने अवस्था रहेको जनाएको छ ।

शिक्षा सचिव शान्तबहादुर श्रेष्ठद्वारा जारी विज्ञप्तिमा वार्तालाई सकारात्मक निष्कर्षमा पु¥याइ डा केसीको जीवन रक्षा गर्न समिति थप सकारात्मक सहयोगका लागि सबैप्रति आग्रह गर्दछ भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *