२०८१ साउन १२ गते | 27th of July 2024

सांसद रामहरी खतिवडाको तलव सुविधा बाढीपीडितलाई दिने घोषणा

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन ३१ गते ४:४०

 

काठमाडौं ३१ साउन । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले आफनो एक महिनाको तलब बाढीपीडितहरुको लागि दिने घोषणा गरेका छन । खतिवडाले विगत केही दिनदेखि परेको अविरल बर्षापछि आएको बाढी र पहिरोबाट ठुलोमात्रामा भएको जनधनको क्षतीप्रति दुख ब्यक्त गर्दै उक्त सहयोग गर्ने बताएका हुन । खतिवडाले बाढी पहिरो पीडितहरुको लागि सबैले आआफनो ठाउबाट सहयोग गर्न समेत सबैलाई आग्रह गरेका छन ।
जहां विपत आइपर्छ त्यहा सांसद खतिवडाले मलपटटी लगाउने काम गरिरहेका छन । यस अघि पनि विभिन्न विपत्तीमा खतिवडाले आफुले सकेको सहयोग गर्दै आएका छन । खतिवडाले अहिलेसम्मको सम्पूर्ण तलब सामाजिक काम तथा विभिन्न व्यक्तिहरुको उपचार लगायतका काममा खर्च गर्दै आएका छन । खतिवडाले आफनो सम्पूर्ण तलव सुविधा आफनो गृह जिल्ला ओखलढुंगाका विभिन्न गाविसहरुमा सहयोग गर्दै आएका छन ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *