कास्की, ३१ साउन । पोखरामा नेपाली सेनाका एक जवानले आफनै सहकर्मीमाथि गोली हानेका छन । मंगलबार बिहान साढे ४ बजे पोखराको रत्नमन्दिर ब्यारेकमा कार्यरत बसन्त लोहारले सहकर्मी गणेश बिष्टलाई गोली हानेका हुन् ।
दार्चुलाका लोहारले बैतडी घर भएका बिष्टलाई एम १६ राइफलबाट सात राउण्ड गोली हानेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सात राउण्ड मध्ये बिष्टलाई चारवटा गोली लागेको थियो ।
कोखामा गोली लागेर गम्भीर घाइते भएका बिष्टको उपचारका लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएको हो । रिसइबीका कारण लोहारले सहकर्मीलाई गोली चलाएको हुन सक्ने अनुमान गरिएको छ ।