२०८१ साउन १२ गते | 27th of July 2024

बाढी पीडितको लागि भन्दै डाक्टर केसीको अनसन स्थगित

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन ३१ गते १६:३८

काठमाडौं, ३१ साउन । विभिन्न ठाउँमा बाढी पहिरो र डुबानका कारण राहत र उद्धारमा खटिनुपर्ने भन्दै डा गोविन्द केसीले आफनो अनसन स्थगित गरेका छन । २३ दिनदेखि अनसन बसिरहेका डाक्टर गोविन्द केसीले मंगलबार अनसन स्थगित गरेका हुन ।

पत्रकार सम्मेलन गरि डाक्टर केसीले बाढीपहिरोका कारण केही दिनका लागि अनसन स्थगित गर्नुपरेको तर आफ्ना माग पूरा नभए बाढीपहिरोपछिको अवस्था सामान्य हुनासाथ फेरि अनसन बस्ने बताए ।
आफूले राखेका मागमा सरकार गम्भीर हुनुको साटो चलखेल गरेर उम्किन खोजेको भन्दै तत्कालका लागि अनसन स्थागित गर्नु भएको डा।केसीका प्रतिनिधि अभिषेक सिंहले बताए ।
डाक्टर केसी चिकित्सा शिक्षा सुधारको माग गर्दै ११ औ पटक अनसन बसेको आज २३ औ दिन हो । स्वास्थ्य अवस्था कमजोर भएर आइसियुमा उपचार गराउनुपर्ने अवस्था आएपनि डाक्टर केसीले त्यसलाई अस्वीकार गर्दै आएका थिए । ।
छातीको दुखाइ बढेपछि उपचारमा संलग्न चिकित्सकले आइसियूमा लैजाने तयारी गरे पनि डाक्टर केसी नमान्दा जोखिम बढेको थियो । सरकारी वार्ता समितिले चिकित्सा शिक्षा ऐन मात्र नभई अन्य विषयमा समेत छलफल प्रयास नगरेपछि बाध्य भएर अनसन स्थगित गर्नुपरेको उनले बताए ।
सरकारले माथेमा कार्यदलको सुझाव अनुसार चिकित्सा शिक्षा विधेयक संसदीय समितिबाट पारित गरेर संसदमा पेश गर्ने तयारी गरेको थियो । तर उनले बिना शर्त अनसन स्थागित गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *