२०८२ फागुन २८ गते | 12th of March 2026

प्रदेश सभा र संघीय संसदको चुनाव मंसिरको दोश्रो साता

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन ३२ गते १५:११

 

काठमाडौं ३२  साउन । मंसिरको दोश्रो साता प्रदेश सभा र संघीय संसदको चुनाव गर्न प्रमुख ३ दलहरु सहमत भएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख ३ दलका शीर्ष नेताको बैठकमा मंसिर दोस्रो साताभित्र प्रदेश सभा र संघीय संसदको चुनाव गर्ने सहमति भएको बालुवाटार स्रोतले जनाएको छ । बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली तथा माओवादी अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरु सहभागि थिए। यसै विषयमा सहमति जुटाउन आजै संसदमा प्रतिनिधित्व गर्ने अन्य दलका नेताहरु समेतको उपस्थितिमा सर्वदलीय बैठक बस्दैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *