२०८२ पुष ४ गते | 19th of December 2025

टेक्सासमा बाढीपीडित सहयोगका लागि गाला रात्री भोज

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ १ गते ०:४३

टेक्सास, अमेरिका ।  नेपाली समाज टेक्सास र रमाईलो रेस्टुरेन्ट टेक्सासको संयुक्त आयोजनामा बाढी र पहिरोले पीडित जन्मभुमीका वासिन्दाहरुको सहयोगको लागि गाला डिनर कार्यक्रमको आयोजना गरिने भएको छ । नेपाली समाज टेक्सासका सभापती समाजसेवी कृष्ण लामिछानेद्दारा प्रेशित बक्तब्य :

हालै मातृभूमि नेपालको पुर्वि तराई क्षेत्रमा गएको भिषण विनाशकारी बाढी बाट हुन गएको जनधनको क्षति प्रति नेपाली समाज टेक्सास परिवार दुख ब्यक्त गर्दछौ ।यस दुखद घडीमा राहत सहयोग हेतु नेपाली समाज टेक्सास र रमाइलो रेष्टुरेन्टको समेत सहयोग र सहभागीतामा यही अगष्ट २० गते आईतबार साँझ ७ बजेदेखि (Fundraise Gala Dinner)सहयोग का लागि रात्री भोजको आयोजना गरेको जानकारी गराउन चाहन्छौं ।

स्मरण रहोस यसबाट उठेको रकम सतप्रतिशत बाढी पीडितलाई जाने भएकोले उपस्थित भै सहयोग गरिदिनु हुन यहाँहरु सबैलाई हार्दिक अनुरोध गर्दछौ।

कृष्ण लामिछाने तथा
नेपाली समाज टेक्सास, परिवार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *